माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आजै सम्पन्न हुने
काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको सातौँ पूर्ण बैठकको दोस्रो दिन आज प्रज्ञा भवन, कमलादीमा जारी छ ।
बैठकमा अध्यक्ष पुष्पकमल दाहाल'प्रचण्ड'ले प्रस्तुत गरेको राजनीतिक तथा सङ्गठनात्मक प्रस्तावसँगै वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव जनार्दन शर्माले प्रस्तुत गरेका पूरक प्रस्तावमाथि विभिन्न १० वटा टोलीका नेताहरूले धारणा राखेका छन् ।
यस क्रममा पार्टीका केन्द्रीय पदाधिकारीहरूले पनि आफ्ना धारणा राख्ने कार्य सम्पन्न भइसकेको छ । अहिले छुट्टै प्रस्ताव राखेका उपमहासचिव जनार्दन शर्माले टोलीका नेताहरू र पदाधिकारीहरूले उठाएका प्रश्नमा आफ्नो धारणा राखिरहेका छन् ।
उनको धारणा प्रस्तुति सम्पन्न भएपछि वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र त्यसपछि अध्यक्ष प्रचण्डले पनि धारणा राख्ने कार्यक्रम रहेको छ । आजै बैठक सम्पन्न गर्ने तयारी गरिएको पार्टीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण