प्रशिक्षक भट्टविरुद्ध सामाजिक सञ्जालमा गलत प्रचार नगर्न भलिबल संघकाे आग्रह
सारांश
- नेपाल भलिबल संघले मुख्य प्रशिक्षक जगदिश प्रसाद भट्टविरुद्धको गलत प्रचारप्रति आपत्ति जनाएको छ।
- संघले राष्ट्रिय टिम छनौट प्रक्रियालाई लिएर भइरहेको गलत प्रचारबाजीको निन्दा गर्दै भट्टलाई पुनर्विचार गर्न आग्रह गरेको छ।
- संघले खेलाडी छनौटमा कौशल, रणनीति र अन्तर्राष्ट्रिय प्रदर्शनलाई आधार मान्ने जनाएको छ, साथै भट्टको योगदानको प्रशंसा गरेको छ।
काठमाडौँ। नेपाल भलिबल संघ ले मुख्य प्रशिक्षक जगदिश प्रसाद भट्टविरुद्ध सामाजिक सञ्जालमार्फत भइरहेको ‘गलत प्रचारप्रति’ आपत्ति जनाएको छ। साथै भट्टले केही दिनअघि फेसबुकमार्फत भलिबलका कुनै पनि कार्यक्रममा सहभागी नहुने घोषणा फिर्ता लिन आग्रह गरेको हाे।
संघ ले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रिय टिम छनौट प्रक्रियालाई लिएर निहित स्वार्थ समूहले सामाजिक सञ्जाल प्रयोग गरी गलत प्रचारबाजी गरेका कारण प्रशिक्षक भट्टज्यू शारीरिक, मानसिक, सामाजिक र पारिवारिक रूपमा विचलित हुनुभएको छ। यस कारण उहाँले फेसबुक स्ट्याटसमार्फत कुनै कार्यक्रममा सहभागी नहुने घोषणा गर्नुभएको भए पनि नेपाल भलिबल संघ परिवारले त्यसमा पुनर्विचार गर्न आग्रह गर्दछ।’
संघ ले राष्ट्रिय टिम छनौटमा जात, वर्ग, भेग वा क्षेत्रका आधार नभई खेलाडीको कौशल, रणनीति, अनुशासन र अन्तर्राष्ट्रिय प्रदर्शनलाई आधार मानिने स्पष्ट पारेको छ। विज्ञप्तिमा भनिएको छ, ‘देशको झन्डालाई शिरमा राखेर खेलाडी छनौट गरिएको हो। यदि असहमति भए विधिपूर्वक लिखित निवेदन दिन सकिन्छ, तर एउटा व्यक्तिलाई मात्र दोषी देखाउने प्रवृत्ति स्वीकार्य हुँदैन।’
संघ ले भट्टको योगदानलाई स्मरण गर्दै हालसम्म उनीकै प्रशिक्षणमा पुरुष र महिला टिमले गरी जम्मा १३ अन्तर्राष्ट्रिय पदक (स्वर्ण, रजत र कास्य) जितेको उल्लेख गरेको छ।
भलिबल संघ ले केही सीमित तत्त्वले फैलाउन खोजेको अफवाहमा नलाग्न आग्रह गर्दै भनेको छ, ‘नेपाल भलिबल संघ प्रचलित ऐन, नियम, कानुन र अन्तर्राष्ट्रिय मापदण्डभित्र रहेर कार्यसम्पादन गरिरहेको छ। खेलाडी छनौटलगायत भलिबल खेलसँग सम्बन्धित गतिविधिमा फैलाउन खोजिएको हल्लामा नफस्न सबै भलिबल प्रेमीमा अनुरोध गर्दछौँ।’


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण