तलब निकासा नगर्ने पालिका र प्रधानाध्यापकलाई कारबाही गर्ने शिक्षामन्त्री पुनको चेतावनी
सारांश
- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले दसैँमा तलब नदिने विद्यालयलाई कारबाही गर्ने चेतावनी दिएका छन्।
- मन्त्री पुनले विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकलाई शिक्षकको तलब निकासा गर्न निर्देशन दिए।
- उनले स्थानीय पालिकाहरूलाई पनि शिक्षकको तलब रोक्न नहुने आग्रह गरेका छन्।
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले दसैँको बेला समेत तलब निकासा नगर्ने विद्यालयलाई कारबाही गर्ने चेतावनी दिएका छन् ।
सामाजिक सञ्जालमार्फत उनले भनेका छन्– 'दसैँ तिहारको अवसरमा विद्यालय व्यवस्थापन समितिले र प्रधानाध्यापकले तलब निकासा गरी दिएन भनेर धेरै गुनासो आएको छ । शिक्षा मन्त्रालयबाट तलब पहिले नै विद्यालयहरूमा पठाई सकेको छ । भोलिसम्ममा कुनै नाजायज र अन्यायपूर्ण तरिकाले तलब नपाएको शिक्षकहरूको तलब निकास नगरेमा त्यसता विद्यालयका प्रधानाध्यापकलाई नियमानुसार कारबाही गरिनेछ ।'
साथै मन्त्री पुनले स्थानीय पालिकाहरूलाई पनि तलब नरोक्न आग्रह गरेका छन् । 'शिक्षा मन्त्रालयबाट तलब पहिले नै हरेक पालिकामा पठाई सकेको छ। भोलिसम्ममा कुनै नाजायज र अन्यायपूर्ण तरिकाले तलब नपाएको शिक्षकहरूको तलब निकास नगरेमा त्यसता पालिकालाई नियमानुसार कारबाही गरिनेछ' उनले भनेका छन् ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
-
महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण