युलेन्स स्कुलको व्यवस्थापन समिति अध्यक्षबाट आरजुद्वारा राजीनामा
शनिबार, ११ असोज २०८२, ११ : १६
सारांश
- कांग्रेस नेतृ आरजु राणा देउवाले युलेन्स स्कुलको व्यवस्थापन समितिको अध्यक्ष पदबाट राजीनामा दिएकी छिन्।
- जेनजी आन्दोलनका क्रममा स्कुलमा तोडफोड र आगजनी हुँदा व्यापक क्षति भएको थियो।
- राणाले अभिभावकको बैठकमा राजीनामा दिएको जानकारी गराएकी हुन्, र स्कुलले नयाँ अध्यक्ष छान्ने तयारी गरेको छ।
काठमाडौँ । निवर्तमान परराष्ट्रमन्त्री समेत रहेकी कांग्रेस नेतृ आरजु राणा देउवाले युलेन्स स्कुलको व्यवस्थापन समितिको अध्यक्ष पदबाट राजीनामा दिएकी छन् ।
जेनजी आन्दोलनका क्रममा उक्त स्कुलमा तोडफोड र आगजनी हुँदा व्यापक क्षति भएको थियो ।
राणा उक्त स्कुलको लगानीकर्ता नभई व्यवस्थापन समितिको अध्यक्षमात्रै हुन् । तर, पनि अराजक भीडले आरजुको स्कुल’ भन्दै युलेन्सलाई निशाना बनाएको थियो ।
अहिले राणाले अभिभावकको बैठकमा राजीनामा दिएको जानकारी गराएको एक अभिभावकले बताए । उनले राजीनामा दिएसँगै छिट्टै नयाँ अध्यक्ष छान्ने तयारीमा स्कुल रहेको छ । यसैगरी खरानीबाट उठेर फेरि नयाँ ढंगले स्कुल सञ्चालन गर्ने तयारीमा युलेन्स रहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाभित्र खटपट र मन्त्री फेर्ने ‘हाउगुजी’का बिच ‘एक्सप्रेस–वे’को गाडीमा बालेनको ब्रेक !
-
इरानमा अमेरिकी आक्रमण, ४ जनाको मृत्यु
-
फ्रान्समा १५ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध
-
विवेक मण्डलका परिवारलाई गगन थापाद्वारा १ लाख सहयोग
-
सुनचाँदीको मूल्य घट्यो : कतिमा हुँदैछ कारोबार ?
-
लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण