उदयपुरमा गाँजासहित २ महिला पक्राउ
शनिबार, ११ असोज २०८२, १३ : ५०
सारांश
- उदयपुरमा गाँजासहित २ जना पक्राउ परेका छन्।
- पक्राउ पर्नेमा सिरहाका दुई महिला रहेका छन्।
- प्रहरीले उनीहरुबाट ११ केजीभन्दा बढी गाँजा बरामद गरेको छ।
उदयपुर । उदयपुरमा लागूऔषध गाँजासहित २ जना पक्राउ परेका छन् । शनिबार उदयपुरगढी गाँउपालिका- ७ बाट प्रहरीले गाँजासहित २ जना महिलालाई गाँजासहित पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सिरहाको लहान नगरपालिका १७ बस्ने ४५ वर्षीय लिलादेवी राम र सोही नगरपालिका वडा नम्बर ८ बस्ने ४० वर्षीय अस्मिता राम रहेका छन् । पक्राउ परेकाहरुबाट ११ केजी बढी गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय उदयपुरको हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण