जेनजी आन्दोलनका घाइतेको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगे शिक्षामन्त्री
सारांश
- मन्त्री महावीर पुनले जेनजी आन्दोलनका घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिए।
- मन्त्री पुनले घाइतेहरूको उपचारमा कुनै कमी हुन नदिन आग्रह गर्दै माग मुद्दा पुरा गर्न सुझाव दिए।
- ट्रमा सेन्टरमा १ जनाको आइसियुमा उपचार भइरहेको छ भने अन्य घाइतेको अवस्था सुधार हुँदै गएको छ।
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले विभिन्न अस्पताल पुगेर जेनजी आन्दोलनका घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।
शनिबार शिक्षण अस्पताल र ट्रमा सेन्टर पुगेर मन्त्री पुनले घाइतेहरूको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका हुन् ।
घाइतेहरूको स्वास्थ्य अवस्थाबारे चिकित्सकसँग जानकारी लिँदै मन्त्री पुनले उपचारमा कुनै कमी हुन नदिन आग्रह गरेका थिए । सो क्रममा घाइतेहरूले आफूहरूले उठाएका माग मुद्दालाई पुरा गर्नका लागि सरकारलाई सुझाव दिएको मन्त्री पुनले बताए ।
उनले घाइतेहरूलाई आफ्नो शरीरको चिन्ता भन्दा पनि देशको चिन्ता देखिएको जिकिर गरे । ट्रमा सेन्टरमा १ जनाको आइसियुमा उपचार भइरहेको र अन्य घाइतेको अवस्था सुधार हुँदै गएको पाइएको उनले बताए ।
मन्त्री पुनले प्रधानमन्त्रीले घोषणा गरेको कामलाई पुरा गर्न अन्तरिम सरकारको ध्यान केन्द्रित रहेको उल्लेख गरे ।
जेनजी आन्दोलनका क्रममा दुई हजार भन्दा बढी घाइते भएका थिए । अझै पनि ५० भन्दा बढी घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
-
बागमतीका ३ जना विना विभागीय मन्त्रीको जिम्मेवारी तोकियो
-
नेपालमा लोकतन्त्र अपहरित भएको छ : केपी ओली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण