शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

रौतहटमा मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्य सुरु

शनिबार, ११ असोज २०८२, १५ : ५१
शनिबार, ११ असोज २०८२

रौतहट । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि रौतहटमा स्थायी मतदाता नामावली सङ्कलन तथा अद्यावधिक गर्ने कार्य सुरु भएको छ ।

निर्वाचन आयोग, नेपालले आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन गर्ने निर्णयसँगै  गत ९ गतेको निर्णयअनुसार स्थायी मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम पुनः सञ्चालनमा ल्याएको हो ।

जिल्ला निर्वाचन कार्यालय रौतहटका अनुसार यो अभियान मिति असोज ३० गतेसम्म सञ्चालन हुनेछ ।कार्यालयका प्रमुख छोटे लाल दासका अनुसार पूर्व मतदाता नामावलीमा नाम दर्ता नभएका १६ वर्ष उमेर पूरा गरी नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेका नागरिकले आफ्नो स्थानीय निर्वाचन कार्यालय वा तोकिएको स्थानमा पुगेर नाम दर्ता गराउन सक्नेछन् ।

त्यस्तै, पहिले नै मतदाता नामावलीमा नाम दर्ता भइसकेका तर विवरण (जस्तै बायोमेट्रिक, फोटो, हस्ताक्षर, ठेगाना आदि) मा त्रुटि भएका व्यक्तिहरूले पनि सोही अवधिभित्र विवरण संशोधनका लागि निवेदन दिन सक्नेछन् ।

नाम दर्ता र अद्यावधिकका लागि आवश्यक कागजात

  • नेपाली नागरिकताको प्रमाणपत्र
  • स्थायी ठेगाना फरक जिल्लामा भए बसोबास दर्ता प्रमाणपत्र
  • विवाह भई नयाँ ठेगाना भएको भए विवाह दर्ता प्रमाणपत्र
  • बाहिरी जिल्लाका व्यक्तिका लागि सम्बन्धित जिल्लामा नाम दर्ता गर्न नागरिकताको विवरणमा आधारित प्रमाणपत्र

कार्यालयले असोज ३० गतेभित्रै मतदाता नामावलीमा नयाँ नाम दर्ता तथा विवरण संशोधन र ठेगाना परिवर्तन गर्ने सम्पूर्ण कार्य सम्पन्न गर्न अनुरोध गरेको छ । उक्त मिति पछाडि विवरण परिवर्तन वा अद्यावधिक कार्य गर्न नसकिने जनाएको छ ।

patra

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप