पार्टीभित्रको 'अवसरवाद' र 'कायरता' माथि सुमनाको प्रश्न, अनर्गल प्रचारको खण्डन
काठमाडौं । रास्वपाकी पूर्वसांसद सुमना श्रेष्ठले पार्टीभित्रै 'अनर्गल र झुटा प्रचार' भइरहेको भन्दै त्यसको खण्डन गरेकी छिन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत लामो स्टाटस लेख्दै उनले पार्टीभित्रका साथीहरूलाई अवसरवाद र कायरता जस्ता प्रवृत्तिहरूबारे सचेत गराएकी हुन् ।
श्रेष्ठले व्यक्तिगत स्वार्थ र लाभका लागि नैतिक धरातल तथा राजनैतिक मूल्य मान्यताबाट च्यूत हुनुलाई नै अवसरवाद भन्दै, नयाँ केपी ओली, नयाँ शेरबहादुर देउवा, नयाँ पुष्पकमल दाहाल 'प्रचण्ड' बनाउन उद्दत हुने प्रवृत्तिलाई उनले अवसरवादको संज्ञा दिएकी छिन् ।
उनले प्रश्न गरेकी छिन्, 'त्यही प्रवृत्तिलाई मलजल दिएर नयाँ केपी, नयाँ शेर बहादुर, नयाँ प्रचण्ड बनाउन उद्दत हुनु र त्यसैमा आफ्नो फाइदा देख्नु अवसरवाद हो कि होइन ?'
श्रेष्ठले क्षणिक लोकप्रियता र केही गालीबाट बच्नका लागि एक शब्द पनि नबोल्नु र 'दास मानसिकता' बोकेर लम्पसार पर्नुलाई 'हुतिहारापन' भन्दै त्यस्तो प्रवृत्तिविरुद्ध विद्रोह गर्नु नै साँचो अर्थमा हिम्मत भएको बताएकी छिन्।
उनले पार्टीको आधिकारिक धारणा जस्तो गरी गल्ती स्वीकार गर्ने तर कुनै कारबाही वा आचरणमा सुधार नगर्ने प्रवृत्तिप्रति पनि आपत्ति जनाएकी छन् । 'नयाँ मालिकको नयाँ दास बन्ने हो भने पुराना झोले र पुराना दासहरुलाई कस्तो नैतिक धरातलमा बसेर प्रतिप्रश्न गर्नेर ?' उनले सोधेकी छन्, 'सामान्य नेपाली नागरिकहरु अगाडि उभिएर हामी फरक छौँ भन्न लज्जाबोध हुँदैन ?'
प्रधानसेनापतिले 'रास्वपा' र 'दुर्गा प्रसाई' लाई पनि स्टेकहोल्डर भनेर सम्बोधन गर्दा आफूले प्रतिवाद गरेको स्मरण गराउँदै श्रेष्ठले जेनेरेसन जेड आन्दोलनमा राजनीतिक दलको झण्डा वा एजेन्डा बोकेर नआउन भनिएको अवस्थामा जंगीअड्डा धाउनु 'दुर्गा प्रसाईंसँगै उभिनु र वास्तविक अवसरवादिता सदर गर्नु भएको बताएकी छिन् ।
उनले लेखेका छन्
पार्टि भित्रै रहनु भएका र मलाई बिश्वास गर्नुहुने साथीहरुलाई म प्रति फैलाईएको अनर्गल र झुठा प्रचारको विरुद्ध सचेत गराउन केही कुरा भन्न चाहेँ।
१. अवसरवादको परिभाषा अर्कै हुन्छ भने फरक पर्ला तर व्यक्तिगत स्वार्थ र लाभको निम्ति आफ्नो नैतिक धरातल र राजनैतिक मूल्य मान्यताबाट च्यूत हुनु नै अवसरवाद हो भने, तीन ठूला दलहरुका टाउकेहरुलाई चोर औँला देखाँउदै व्यक्तिवाद हावी भयो भन्दै गर्दा बाँकी चारवटा औँला आफै तिर फर्किन्छ कि फर्किँदैन? त्यहि प्रवृतिलाई मलजल दिएर नयाँ केपि, नयाँ शेर बहादुर, नयाँ प्रचण्ड बनाउन उद्दत हुनु र त्यसैमा आफ्नो फाईदा देख्नु अवसरवाद हो कि होइन? त्यस प्रति असहमति जनाउनु अवसरवाद हो कि अवसरवादको विपरीत? क्षणिक लोकप्रियता र केहि थान गाली बाट बच्न एक शब्द चुँईक्क नबोल्नु र दास मानसिकता बोकेर लम्पसार पर्नु हुतिहारा हुनु हो कि त्यस्तो प्रवृति विरुद्ध विद्रोह गर्नु हुतिहारा हुनु हो? म साथीहरुलाई प्रश्न गर्न चाहन्छु।
२. पार्टीको आधिकारिक धारण जस्तो गरि गल्ती भयो भनेर स्वीकार गर्ने तर कुनै कारवाहि नगर्ने तथा आचरण र प्रवृतिमा कुनै सुधार नगर्ने हो भने कुन मुखले पुरातनवादि दलहरुको विरोध गर्ने? नयाँ मालिक को नयाँ दास बन्ने हो भने पुराना झोले र पुराना दासहरुलाई कस्तो नैतिक धरातलमा बसेर प्रतिप्रश्न गर्ने? सामान्य नेपाली नागरिकहरु अगाडि उभिएर हामी फरक छौँ भन्न लज्जाबोध हुँदैन? एक चोटि आफ्नो आत्मालाई एक्लै बसेर सोध्नुस्।
३. प्रधान सेनापतिले ‘रास्वपा’ र ‘दुर्गा प्रसाँई’ पनि स्टेकहोल्डर हो भन्दा मैले प्रतिवाद गरेकै हो। आन्दोलन शुरु हुनु अगाडि आन्दोलनरत युवा पुस्ताले कुनै राजनितिक पार्टिको झण्डा वा एजेन्डा बोकेर नआउनु भनि स्पष्टताका साथ भनिसकेको अवस्थामा Gen Z आन्दोलनमा हाम्रो सहभागिता देश प्रति निष्ठावान नागरिकको भन्दा बढि थिएन र हुनु हुँदैन थियो। सहादत प्राप्त गर्नुभएको ७४ नेपाली विर विरांगना, सयौँ घाईते र लाखौँ नागरिकको सहभागिताको अवमूल्यन हुने गरि त्यतिबेला जंगी अड्डा धाउनु ‘दुर्गा प्रसाँई’ सँगै ऊभिनु हो र वास्तविक अवसरवादिता सदर गर्नु हो। हाम्रो पनि एजेन्डा हो, हामी पनि स्टेक होल्डर हो, हाम्रो पनि माग यिनै हुन भनि धमिलो पानीमा माछा मार्न खोज्ने पृष्ठभूमि बनाउँदै गर्दा ती उजाडिएका काखहरु र सिन्दुर रित्तिएका सिउँदोहरू सम्झिनु होला। यस्तो विषम परिस्थितिमा आफुले नगरेको संघर्ष र आफुले नदिएको नेतृत्व ‘गरेँ’ वा ‘दिएँ’ भन्नु कुन हदसम्मको जनता विरुद्ध गद्दारी र अवसरवाद हो भन्ने प्रश्न अस्वाभाविक हो र ? हामीलाई सुमनाले live आएर जंगीअड्डा जानबाट रोकि भनि मेरो विरुद्ध प्रचार गर्न सक्ने गरी ईमान कुन ठाँउमा मिल्काएर आउनु भो? नख्खुमा ईज्जत सँगै मानवता पनि जलाउनु भएको हो र?
४. भ्रम र झुठको बादल हटेको दिन सत्य र न्यायको कसीमा ‘अवसरवाद’ र ‘कायरता’ को पनि परिक्षण हुने नै छ। लोकप्रियताको बुँई चढेर मेरो मालिक फर्किन्छ र मलाई बक्सिस दिन्छ भन्ने पर्खाईमा आफ्नो स्वाभिमान बन्दगी राखेका केहि साथीहरु देख्नुपर्दा लालच र निरिहता उर्बराउने डर पलाएको छ। याद राख्नुस् - लालच झाँगिदा ‘अवसरवाद’ मौलाउने हो। निरिहताले जरा गाड्दा ‘हुतिहारापन’ फस्टाउने हो।
वैकल्पिक राजनितिमा आउनेहरुलाई सोध्न चाहन्छु - तपाईहरु राजनितिमा आफ्नो अलग पहिचान, देश बनाउने हुटहुटी र आफ्नो विशिष्टता राष्ट्र र सम्पूर्ण नेपालीहरु प्रति समर्पित गर्न आउनु भएको कि वैकल्पिक शेर बहादुरको लागि वैकल्पिक प्रकाश शरण वा वैकल्पिक के पि को लागि वैकल्पिक महेश बस्नेत बन्न आउनु भएको हो? यतिनै यक्ष प्रश्न सोध्दै र ईमानदार उत्तरको अपेक्षा गर्दै देश प्रति निष्ठावान र प्रतिबद्ध रहने वाचा गर्दछु।
सुमना श्रेष्ठ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सशस्त्रको हेडक्वार्टरमा आगलागी भएको घटना छानबिन गर्न डीआईजीको नेतृत्वमा समिति गठन
-
चेक अनादर मुद्दामा सर्वोच्चको फैसला : बाउन्स भएको चेकको रकम र ब्याज दुवै भराउनुपर्ने
-
विदेशबाट फर्किपछि माछापालनः मनग्य आम्दानी गर्दै विजयकुमार
-
गर्मी बढ्दै जाँदा ‘लू’ को उच्च जोखिम : के हुन् लक्षण र कसरी बच्ने?
-
तिला गाउँपालिमा भौतिक पूर्वाधार निर्माणमा प्रगति
-
साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम हो : सञ्चारमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण