शनिबार, ०६ असार २०८३
ताजा लोकप्रिय

धनौजी गाउँपालिकाका पूर्वअध्यक्षको निधन

शनिबार, ११ असोज २०८२, २० : १६
शनिबार, ११ असोज २०८२

जनकपुर । धनुषाको धनौजी गाउँपालिकाका पूर्वअध्यक्ष बद्रीनारायण सिंहको निधन भएको छ । 

लामो समयदेखि अस्वस्थ रहनुभएका सिंहको शुक्रबार निधन भएको हो । उनी संविधान जारी भएपछि २०७४ सालमा पहिलोपटक भएको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेका थिए । 

यसैबिच आज उनको अन्त्यष्टि गरिएको छ । यसअघि कांग्रेस पूर्वउपसभापति विमलेन्द्र निधिसहितका नेताहरूले पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जलि दिएका थिए । 

नेताहरूले पार्टीका पुराना नेता सिंहको निधनले एक समर्पित र अनुभवी नेता गुमाएको भन्दै दुःख व्यक्त गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप