फुटबल
दुई गोल आत्मघाती उपहार पाउँदा सिटीको शानदार जित
शनिबार, ११ असोज २०८२, २२ : ०७
सारांश
- म्यानचेस्टर सिटीले प्रिमियर लिग फुटबलमा वर्नलीलाई ५-१ गोलले पराजित गर्यो।
- अर्लिङ हालान्डले २ गोल गरे भने म्याथुस नुनेसले १ गोल गरे, सिटीले २ आत्मघाती गोलको उपहार पाएको थियो।
- जितसँगै सिटीले १० अंक जोडेर चौथो स्थान ओगटेको छ, भने बर्नली १७ औं स्थानमा छ।
काठमाडौँ। दुई आत्मघाती गोल उपहार पाउँदा म्यानचेस्टर सिटीले प्रिमियर लिग फुटबलमा शानदार जित निकालेको छ ।
शनिबार राति भएको खेलमा सिटीले वर्नलीमाथि ५–१ गोलको जित निकालेको हो ।
घरेलु मैदानमा सिटीलाई जित दिलाउन, अर्लिङ हालान्डले दुई गोल गरे । त्यस्तै म्याथुस नुनेसले एक गोल गरे ।
सिटीले दुई गोल आत्मघाती उपहार पाएको थियो । यता वर्नलीका लागि जाइदोन एन्थोनीले एक गोल फर्काए ।
जितसँगै सिटीले ६ खेलबाट १० अङ्क जोडेको छ । सिटी अङ्क तालिकाको चौथो स्थानमा छ ।
पराजित वर्नली ४ अङ्क जोडेर तालिकाको १७औँ स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउदी अरबमाथि हुथीद्वारा समुद्री नाकाबन्दी घोषणा
-
प्रोटोनको नयाँ विद्युतीय एसयूभी ‘ई.मास ५’ नेपालमा सार्वजनिक,मूल्य कति ?
-
सीजेपीको प्रदर्शनपछि अभिजीत दीपकेले समर्थकहरूसँग मागे माफी
-
सुनको मूल्य सामान्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
आगामी पाँच वर्षको खाका : तेस्रो वर्षसम्म गति, चौथो र पाँचौँ वर्षमा जनतालाई प्रतिफल
-
यी भाँडाकुँडामा राखिएको खानेकुरा खानुहुन्छ ? निम्त्याउला है रोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण