‘टिकटक’ बनाउने क्रममा कालीगण्डकीमा एक जना बेपत्ता
शनिबार, ११ असोज २०८२, २२ : ५८
सारांश
- म्याग्दीको कालीपुलमा टिकटक बनाउने क्रममा एक युवक कालीगण्डकी नदीमा खसेर बेपत्ता भएका छन्।
- बेपत्ता हुनेमा कालीकोट शुभकालिकाका २२ वर्षीय सदान्द पोखरेल रहेका छन्, जो जलविद्युत आयोजनामा कार्यरत थिए।
- प्रहरी निरीक्षकको नेतृत्वमा सुरक्षाकर्मी परिचालन गरी बेपत्ता युवकको खोजी कार्य जारी छ।
म्याग्दी । बेनी नगरपालिका–८ कालीपुलमा टिकटक बनाउने क्रममा कालीगण्डकी नदीमा खस्दा एक जना बेपत्ता भएका छन् । कालीकोटको शुभकालिका गाउँपालिका–८ का अन्दाजी २२ वर्षीय सदान्द पोखरेल टिकटक बनाउने क्रममा कालीगण्डकीले बगाएर बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।
कालीपुल बसपार्कको गण्डकी होटल एण्ड रेष्टुरेष्टको पछाडि कालीगण्डकीको किनारमा टिकटक बनाउने क्रममा चिप्लिएर नदीमा बेपत्ता भएका पोखरेलको खोजी जारी रहेको प्रहरी निरीक्षक सागर पौडेलले जानकारी दिए ।
पोखरेल म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ मा रहेको ठूलोखोला जलविद्युत् आयोजनामा कार्यरत थिए। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुर्यबहादुर थापाको टोलीसहित सुरक्षाकर्मी परिचालन गरी बेपत्ता पोखरेलको खोजी भइरहेको पौडेलले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण