काँडाघारी प्रहरी प्रभागबाट पुनः सेवा सुरु, विधिलाई छोडेर विध्वंस रोज्नु गलत : मेयर कार्की
सारांश
- काँडाघारी प्रहरी प्रभाग भवन आगजनीपछि मर्मत गरी पुनः सञ्चालनमा आएको छ।
- मेयर उपेन्द्र कार्कीले विध्वंसको बाटो गलत भएको र सुरक्षा निकायमा आक्रमण हुनु दुखद भएको बताए।
- सिंहदरबार पुनर्निर्माणका लागि उपत्यका मेयर फोरमले ५ करोड सहयोग गरेको जानकारी गराइयो।
काठमाडौँ । काठमाडौँको काँडाघारी स्थित प्रहरी प्रभागबाट पुनः सेवा सुरु भएको छ । जेनजी आन्दोलनको क्रममा आगजनी भएको भवन विभिन्न टोल सुधार समिति, समाजसेवी, व्यवसायी, उद्योगीहरूको सहयोगमा ३५ लाख खर्च गरेर भवन सबलीकरण गरेर सञ्चालनमा ल्याइएको हो ।
पुनः सेवा सुरु भएको अवसरमा आयोजित कार्यक्रममा बोल्दै कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्कीले विधिलाई छोडेर विध्वंस रोज्नु गलत भएको बताए । सुरक्षा निकायमा आक्रमण गर्नु, राष्ट्रिय धरोहरहरू तहसनहस बनाउनु दुखद भएको उनको भनाइ छ ।
आक्रमणको बाबजुद काँडाघारी प्रहरी प्रभागको हातहतियार सुरक्षित राखेकोमा भने उनले खुसी व्यक्त गरे ।
कार्कीले देशको गौरव र विरासतका रूपमा रहेको सिंहदरबार पुनः निर्माणको लागि उपत्यका मेयर फोरमले ५ करोड सहयोग गरेको जानकारी गराए ।
नगरका ७, ८, ९ का वडा अध्यक्षहरु अनिल थापा, भीमसेन थापा, हरिभक्त्त पुडासैनी, हात्तीडाँडा समाजको पूर्वअध्यक्ष गणेश थापा, स्थानीयहरू डोलनाथ पोखरेल, गयाप्रसाद उपाध्याय, भागिरथी पन्थ, लोकेन्द्र बस्नेत लगायतका सक्रियतामा प्रहरी प्रभाग सम्पन्न भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण