पार्टी एकताबारे एकीकृत समाजवादीमा मतभेद
सारांश
- एकीकृत समाजवादी पार्टी एकताका लागि गठित कार्यदल र आधारबारे पार्टीभित्रै मतभेद देखिएको छ।
- वरिष्ठ नेता बेदुराम भुसालको संयोजकत्वमा पार्टी एकताका लागि कार्यदल गठन भएपछि नेताहरूले आपत्ति जनाएका छन्।
- पोलिटब्युरो सदस्य दामोदर अर्यालले कार्यदल र अपानिप्रति फरक मत राख्दै केन्द्रीय कमिटी बैठक बोलाउन माग गरेका छन्।
काठमाडौँ । एकीकृत समाजवादीले पार्टी एकताका लागि गठन गरेको कार्यदल र लिइएका आधारबारे सो पार्टीमा मतभेद देखिएको छ ।
असोज १० गते अध्यक्ष माधवकुमार नेपालले अपानी जारी गर्दै वरिष्ठ नेता बेदुराम भुसालको संयोजकत्वमा पार्टी एकताका लागि तीन सदस्यीय कार्यदल गठन गरेको जनाएका थिए । कार्यदललाई माओवादी केन्द्रसहित कम्युनिस्ट पार्टीहरूसँग एकताका लागि वार्ता गर्ने कार्यादेश दिइएको थियो । तर पार्टीभित्र छलफल नै नगरी अपानि जारी भएको भन्दै नेताहरूले आपत्ति जनाएका हुन् ।
पार्टी एकता कार्यदलमा वरिष्ठ नेता प्रमेश हमाल र उपाध्यक्ष प्रकाश ज्वाला सदस्य तोकिएका छन् । तर, उक्त कार्यदल र जारी अपानिप्रति पोलिटब्युरो सदस्य एवम् प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले फरक मत राख्दै तत्काल केन्द्रीय कमिटी बैठक बोलाउन माग गरेका छन् ।
पार्टी एकताको आधार निर्माण गर्ने जस्तो महत्त्वपूर्ण विषय केन्द्रीय कमिटीले पास नगरी नउठाउन अर्यालको माग छ । उनले एकताका आधारहरू पार्टी सचिवालयले नभई पार्टी केन्द्रीय कमिटीले निर्माण गर्नुपर्ने बताएका छन् ।
‘हाम्रो विधान अनुसार महाधिवेशन पछिको पार्टीको सर्वोच्च निकाय केन्द्रीय कमिटी हो । एकताको आधार निर्माण गर्ने जस्तो महत्त्वपूर्ण विषय केन्द्रीय कमिटीले पास नगरिकन सार्वजनिक गरिनु र कार्यान्वयन गर्न खोज्नु विधिसम्मत होइन भन्ने मेरो मत हो’, अर्यालको भनाइ छ ।
११ बुँदे आधारमा वामपन्थीहरूको वामपन्थीकरण, वर्ग सङ्घर्ष, नीति र नेतृत्वको पुनर्गठन, प्रतिस्पर्धाबाट श्रेष्ठता,प्रगतिशील संस्कृति, इतिहासलाई हेर्ने दृष्टिकोण र सम्मानजनक अवकाश जस्ता महत्त्वपूर्ण विषयहरू छुटेको उनले बताएका छन् । ‘जुन कुरा केन्द्रीय कमिटी बैठकमै उठाएर समृद्ध बनाउन जरुरी छ’, अर्यालको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षामा ‘सिएमसी’ उत्कृष्ट
-
एचआइभी एड्स सङ्क्रमितलाई सामाजिक विभेद अझै चुनौती
-
इरानसँग सम्बन्ध रहेको आरोपमा बहराइनमा १५ जना पक्राउ
-
भक्तपुरमा श्रीमानद्वारा श्रीमतीको हत्या
-
ऊर्जा सङ्कटबिच जापानको नवीकरणीय ऊर्जा विस्तारमा जोड
-
१२ बजे १२ समाचार: विरोधी तह लगाउने अस्त्र बन्दै ‘सम्पत्ति शुद्धीकरण’ देखि लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठनसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण