सल्यान दुर्घटनाप्रति नेता जनार्दन शर्माद्वारा दुःख व्यक्त
आइतबार, १२ असोज २०८२, ११ : ३४
सारांश
- सल्यानको कपुरकोटमा फोर्स गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।
- दुर्घटनामा बाँफिकोटका तीन जनाको निधन भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।
- माओवादी केन्द्रका नेता जनार्दन शर्माले मृतकप्रति दुःख व्यक्त गर्दै घाइतेको स्वास्थ्यलाभको कामना गरेका छन्।
सल्यान । रुकुम (पश्चिम) बाँफिकोटबाट दाङको घोराहीतर्फ जाँदै गरेको फोर्स गाडी सल्यानको कपुरकोट–३ चोरखोलामा दुर्घटना भई तीन जनाको मृत्यु भएको घटनाप्रति माओवादी केन्द्रका नेता जनार्दन शर्माले गहिरो दुःख व्यक्त गरेका छन्।
दुर्घटनामा बाँफिकोट–५ निवासी प्रकाश केसी, पबि केसी र शशिधर केसीको निधन भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।
नेता शर्माले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेका छन्। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण