मुक्तिनाथ क्यापिटलको ९ प्रतिशत नगद लाभांश पारित
आइतबार, १२ असोज २०८२, ११ : ३६
सारांश
- मुक्तिनाथ क्यापिटलको साधारणसभाले ९ प्रतिशत नगद लाभांश पारित गरेको छ।
- कम्पनीको साधारणसभाले आर्थिक वर्ष २०८१/८२ को कारोबारको विवरण पारित गर्यो।
- साधारणसभाले लेखापरीक्षणका लागि एनविएसएम एण्ड एसोसियट्सलाई नियुक्त गर्यो।
काठमाडौं । मुक्तिनाथ क्यापिटलको ९ प्रतिशत नगद लाभांश पारित भएको छ । शुक्रबार बसेको कम्पनीको १६ औं वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्ताव पारित गरेको हो ।
उक्त सभाले लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष (आव) २०८१/८२ को कारोबारमा आधारित वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण छलफल गरी पारित गरिएको छ ।
उक्त साधारण सभाले आव २०८२/८३ को लेखापरिक्षण गर्नका लागि एनविएसएम एण्ड एसोसियट्स, चाटर्ड एकाउण्टेन्ट्सलाई लेखापरीक्षकमा नियुक्ति गरेको छ । अरण्य बुटिक होटलमा बसेको साधारणसभा सञ्चालक समितिका अध्यक्ष समिर शेखर बज्राचार्यको अध्यक्षता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण