‘माइतीघर’ बारे धिरज : तामाङ संस्कृतिमा नयाँ कथा
सारांश
- अभिनेता धिरज मगरले 'माइतीघर' फिल्म तामाङ संस्कृतिको कथामा आधारित रहेको बताए।
- उनले फिल्ममा दर्शकले आफूलाई फरक भूमिकामा देख्न सक्ने र कथावस्तुले आफूलाई आकर्षित गरेको बताए।
- फिल्ममा धिरजको पात्र ग्रे सेडमा रहेको र यो फिल्म दसैँको फूलपातीमा रिलिज हुनेछ।
काठमाडौँ । अभिनेता धिरज मगरले फिल्म ‘माइतीघर’ले तामाङ संस्कृतिको सेरोफेरोमा रहेर नयाँ र नवीन कथा पस्किएको बताए । फिल्ममा दर्शकले आफूलाई अहिलेसम्मकै फरक भूमिकामा देख्न सक्ने उनको भनाई छ । यसअघि कहिले प्रहरीको भेषमा, कहिले विदेशी लाहुरेको रूपमा देखिँदै आएका उनी फिल्ममा आफ्नो भूमिकाले दर्शक सर्प्राइज हुने बत्ताउँछन् ।
‘फिल्ममा जुन किसिमको कथा प्रस्तुत गरेको छ, त्यो मन परेर नै म यसमा जोडिएको हुँ । यसले, माइतीघर र चेलीको सम्बन्धलाई जुन शैलीमा देखाएको छ, त्यसले मलाई आकर्षित गरेको हो’, उनले भने ‘मेरो पात्र पुरै नकारात्मक नभए पनि ग्रे सेडमा छ । यही पात्रको यात्रा नै मलाई मन परेको हो ।’ फिल्मले पूर्ण रूपमा मनोरञ्जन दिने क्लाइमेक्सले दर्शकको मनमा विशेष स्थान बनाउने धिरजको दाबी छ ।
दसैँको फूलपाती अर्थात असोज १३ गतेबाट रिलिजमा आउन लागेको फिल्म पारिवारिक फिल्म भएकाले पनि दसैँमा दर्शकका लागि विशेष हुने उनको भनाई छ ।
रोहित अधिकारीको निर्माणमा मिलन तामाङको निर्देशन रहेको फिल्ममा धिरजको अलावा केदार प्रसाद घिमिरे, प्रकाश सपुत, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, युवराज लामा, बुद्धि तामाङ लगायतका कलाकारहरूको अभिनय छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता
-
नितेश तिवारीको ‘रामायण’मा अनुपम खेरको इन्ट्री
-
शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता
-
बालेनले ३ प्रतिशत कर हटाएसँगै शिक्षामन्त्रीले निजी विद्यालय सञ्चालकलाई छलफलमा बोलाए
-
अमेरिका–इरान युद्ध विरामको प्रस्तावपछि घट्यो तेलको मूल्य
-
विश्वकप हारपछि भावुक बनेका मेस्सीले भनेः यो घाउ निको हुन समय लाग्नेछ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण