‘गोबर गणेश’ले सक्कायो छायाङ्कन
सारांश
- निर्देशक मरिचमान श्रेष्ठको फिल्म 'गोबर गणेश'को छायाङ्कन सकिएको छ।
- फिल्ममा वर्षा सिवाकोटी, विनोद न्यौपाने लगायतका कलाकारको अभिनय रहेको छ।
- फिल्म आगामी माघ १ गते रिलिज हुने भएको छ।
काठमाडौँ । मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’ निर्देशक रहेको फिल्म ‘गोबर गणेश’ को छायाङ्कन सकिएको छ । शनिबार पशुपति परिसरमा फिल्मको अन्तिम दृश्य कैद गर्दै फिल्मले छायाङ्कन सकाएको निर्माण नियन्त्रक शङ्कर पाण्डेले जानकारी दिए ।
श्रेष्ठले यसै फिल्मबाट निर्देशनमा डेब्यु गरेका हुन् । ‘मेरी बास्सै’बाट दर्शकमाझ चिनिएका श्रेष्ठका टेलिश्रृंखला ‘हल्का रमाइलो’ र ‘जुठे’ दर्शकमाझ लोकप्रिय छन् ।
बल्छी धुर्बे फिल्मस्को प्रस्तुति रहेको फिल्म आगामी माघ १ गते रिलिज हुनेछ । फिल्ममा श्रेष्ठको अलवा वर्षा सिवाकोटी, विनोद न्यौपाने, पदम तामाङ, विल्सन विक्रम राई, निर्मल शर्मा, लक्ष्मीनाथ तिमलसेना, राजु याक्छा, रामप्रसाद खनाल, सन्तोष बानिया, सन्दीप लामा, माओत्से गुरुङ, सीतादेवी तिमल्सिना र पुजन घिमिरे (पुकु)लगायतको अभिनय छ।
शङ्कर पाण्डेको प्रोडक्सन, शिवराम श्रेष्ठको डीओपी र विपीन मल्लको सम्पादन रहेको फिल्मको डिजिटल पार्टनरमा ओएसआर डिजिटल र वितरण श्री ब्याकटेस इन्टरटेनमेन्टले गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा पारिवारिक विवादले लियो श्रीमान्–श्रीमतीकाे ज्यान
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण