माछापुच्छ्रे बैंकका सीईओले एक वर्षमा बुझे १ करोड ७१ लाख
सारांश
- माछापुच्छ्रे बैंकका सीईओ सन्तोष कोइरालाले आर्थिक वर्ष २०८१-८२ मा १ करोड ७१ लाख रुपैयाँ बुझेका छन्।
- अघिल्लो आर्थिक वर्षको तुलनामा उनको पारिश्रमिक घटेको छ।
- बैंकले नायब सीईओ, महाप्रबन्धक र प्रबन्धकका लागि १६ करोड ३६ लाख रुपैयाँ खर्च गरेको छ।
काठमाडौँ । माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्तोष कोइरालाले आर्थिक वर्ष २०८१-८२ मा १ करोड ७१ लाख रुपैयाँ बुझेका छन् । बैंकको सीईओको रुपमा उनले तलब, भत्ता, बोनस तथा अन्य सुविधा समेत गरी सो बराबरको रकम बुझेका हुन् ।
यसमध्ये तलबबापत ७४ लाख १६ हजार रुपैयाँ, भत्ताबापत ५९ लाख ६१ हजार रुपैयाँ, बोनसबापत २० लाख २६ हजार रुपैयाँ तथा सुविधा बापत १७ लाख ८९ हजार रुपैयाँ रहेको बैंकको वार्षिक विवरणमा उल्लेख छ ।
यो रकम अघिल्लो आर्थिक वर्षको भन्दा कम हो । आर्थिक वर्ष २०८०/८१ मा उनले १ करोड ८६ लाख ८१ हजार रुपैयाँ बुझेका थिए । उक्त रकममध्ये तलबबापत ७४ लाख १९ हजार रुपैयाँ, भत्ताबापत ६७ लाख २० हजार रुपैयाँ, बोनसबापत २९ लाख ७ हजार रुपैयाँ तथा सुविधा बापत १६ लाख ३४ हजार रुपैयाँ रहेको थियो ।
यस्तो छ सञ्चालक समिति, उच्च व्यवस्थापन र कर्मचारी खर्च
बैंकले यो वर्ष नायव प्रमुख कार्यकारी अधिकृत, महाप्रबन्धक तथा प्रबन्धकहरूका लागि १६ करोड ३६ लाख ५६ हजार रुपैयाँ खर्च गरेको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो खर्च २१ करोड ६४ लाख ३८ हजार रुपैयाँ रहेको थियो ।
यो वर्ष बैंकले सञ्चालक समितिका अध्यक्षलाई प्रतिबैठक १८ हजार, सञ्चालकहरूलाई १५ हजार ५०० तथा पत्रपत्रिका, इन्टरनेट तथा टेलिफोन सुविधाबापत मासिक १५ हजार रुपैयाँका दरले भुक्तानी गरेको छ ।
यो वर्ष बैंकले कर्मचारीका लागि कुल १ अर्ब ४६ करोड ५८ लाख रुपैयाँ खर्च गरेको बैंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण