जुम्लाको गुठिचौरमा घोडा दौड प्रतियोगिता हुने
सारांश
- जुम्लामा जुम्ली घोडाको संरक्षण र पहिचानका लागि घोडा दौड प्रतियोगिता हुने भएको छ।
- प्रतियोगिता गुठिचौर गाउँपालिका-२ मा असोज १३ गते फूलपातीका दिन कर्णाली खेलकुद क्लब र गुठिचौर युवा क्लबको संयुक्त आयोजनामा हुनेछ।
- प्रतियोगितामा प्रथम हुनेलाई १५ हजार, दोस्रोलाई १० हजार र तेस्रोलाई ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ।
जुम्ला । गुठिचौर गााउँपालिका-२ स्थित गुठिचौरमा जुम्ली घोडाको संरक्षण र पहिचान स्थापित गर्ने उद्देश्यले घोडा दौड प्रतियोगिता हुने भएको छ । गुठिचौर-२ को आर्थिक सहयोग, कर्णाली खेलकुद क्लब र गुठिचौर युवा क्लबको संयुक्त आयोजनामा यही असोज १३ गते फूलपातीका दिन घोडा दौड प्रतियोगिता हुन लागेको हो ।
यहाँका घोडाको संरक्षण गर्नुका साथै पहिचान स्थापित गरी पर्यटन प्रवर्द्धनसँग जोड्ने उद्देश्यले पर्यटकीय क्षेत्र गुठिचौरमा तेस्रो पटक जुम्ली घोडाको प्रतियोगिता हुने गुठीचौर गाउँपालिका-२ का वडाध्यक्ष दिपबहादुर ऐडीले जानकारी दिए ।
दौड प्रतियोगितामा प्रथम हुनेलाई रु १५ हजार, दोस्रोलार्ई रु १० हजार र तेस्रोलाई रु पाँच हजार राशि पुरस्कार प्रदान गरिने भएको छ । प्रतियोगितामा सहभागी हुने घोडाको सङ्ख्या सोही निर्धारण गरिने उनले बताए ।
वडाध्यक्ष ऐडीका अनुसार अहिले दर्ताका लागि सूचना जारी गरिएको छ । जुम्ली घोडाको संरक्षण, पहिचान र प्रचारप्रसार तथा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले उक्त दौड आयोजना गरिएको उहाँको भनाइ छ । “घोडा दौड प्रतियोगिता जुम्लाको पुरानो संस्कृति हो । हरेक वर्ष दसैँको फूलपातीको दिनमा घोडा दौड प्रतियोगिता हुँदै आएको छ”, उनले भने ।
यसअघि जुम्लाको विमानस्थलमा घोडा दौड प्रतियोगिता हुँदै आएको थियो । विमानस्थल कालोपत्र भएयता घोडा दौड प्रतियोगिता गुठीचौरमा सञ्चालन हुँदै आएको गुठिचौर युवा क्लबले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण