व्यापार संघद्वारा जिल्ला प्रशासन कार्यालयलाई गाडी प्रदान
विराटनगर । मोरङ उद्योग व्यापार संघले जिल्ला प्रशासन कार्यालय, मोरङलाई एक थान ल्यान्ड रोभर गाडी उपलब्ध गराएको छ ।
संघले आइतबार एक कार्यक्रमको आयोजना गरी संघका अध्यक्ष अनुपम राठीले मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलाई गाडी हस्तान्तरण गरेका हुन् ।
वातावरणको क्षेत्रमा काम गर्ने संस्था (सीम एन)ले चलाएको गाडी मोरङ उद्योग व्यापार संघमा रहेको थियो । उक्त गाडी मर्मत सम्भार गरेर प्रशानलाई हस्तान्तरण गरेको छ । भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा प्रमुख जिल्ला अधिकारीको गाडीसहित कार्यालयमा आगजनी भएपछि प्रशासनलाई सवारी साधनको अभाव भएको थियो ।
मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठीले प्रशासनको गाडी जलेर ध्वस्त भएपछि प्रमुख जिल्ला अधिकारीलाई आवतजावतमा सहजता होस् भन्ने उद्देश्यले गाडी उपलब्ध गराएको बताए ।
प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले मोरङ उद्योग व्यापार संघको सहयोगप्रति आभार व्यक्त गरे । जिल्ला प्रशासन कार्यालय मोरङको तीन वटा सवारी साधान रहेको थियो । आन्दोलनको क्रममा सबै सवारी साधन जलेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण