‘परान’ ले ल्यायो नयाँ गीत ‘ओइ भन्दानी बोलेन’
सारांश
- नेपाली फिल्म 'परान' को पहिलो गीत 'ओइ भन्दानी बोलेन' सार्वजनिक गरिएको छ।
- दसैँको अवसर पारेर सार्वजनिक गरिएको गीत विवाहको परिवेशमा आधारित छ, जसमा कलाकारहरूले नृत्य गरेका छन्।
- 'परान' फिल्म कार्तिक १४ गतेदेखि देशभरका सिनेमा हलमा प्रदर्शन हुनेछ, जसमा पारिवारिक कथावस्तु प्रस्तुत गरिएको छ।
काठमाडौँ। नेपाली चलचित्र ‘परान’ को पहिलो गीत ‘ओइ भन्दानी बोलेन’ सार्वजनिक गरिएको छ। आइतबार काठमाडौँमा आयोजित कार्यक्रममा रमाइलो खालको नृत्यप्रधान यो गीत रिलिज गरिएको हो।
दसैँको अवसर पारेर सार्वजनिक गरिएको गीत विवाहको परिवेशमा आधारित छ। भिडियोमा फिल्मका प्रमुख कलाकारहरू एउटै फ्रेममा देखिएका छन्। मदनकृष्ण श्रेष्ठ, नीर शाह, पूजा चन्द, महेश त्रिपाठी, केकी अधिकारी, प्रविण खतिवडा, अञ्जना बराइलीलगायत कलाकारहरूले गीतमा नृत्य तथा अभिनय गरेका छन्।
यो गीतलाई प्रमोद खरेल, यमन श्रेष्ठ, रिदम कँडेल, रचना रिमाल र सलिना बि.क.ले स्वर दिएका छन्। गीतका शब्द दीपकप्रसाद आचार्य र अनिश अधिकारीले लेखेका हुन् भने संगीत संयोजन रिदम कंडेलको छ। भिडियोको कोरियोग्राफी सुनिल क्षेत्रीले गरेका छन्।
रिलिज कार्यक्रममा बोल्दै निर्माता, निर्देशक तथा कलाकारहरूले गीतले दर्शकलाई खुसी बनाउने र नचाउने विश्वास व्यक्त गरे।
दीपकप्रसाद आचार्यको निर्देशनमा बनेको ‘परान’ कात्तिक १४ गतेदेखि देशभरका सिनेमा हलमा प्रदर्शनमा आउँदैछ। ‘सासले होइन, साथले चल्ने’ भन्ने ट्यागलाइनसहितको यो फिल्मले परिवारमा आपसी साथ र सहकार्यको महत्त्व देखाउने सङ्केत दिएको छ।
फिल्मलाई देशकै प्रतिष्ठित व्यावसायिक घराना गोल्छा समूह तथा प्रिज्मा समूहको साझेदारीमा बाइस्कोप सिनेमा प्रालिले निर्माण गरेको हो। बाइस्कोप सिनेमाको एकल ब्यानरअन्तर्गत निर्माण भएको यो पहिलो प्रोजेक्ट हो। निर्माताहरूमा रञ्जित आचार्य र शेखर गोल्छा रहेका छन्।
फिल्मको कथा दीपक आचार्यले लेखेका हुन् भने पटकथा तथा संवाद यम थापाले तयार पारेका छन्। शिवराम श्रेष्ठले डीओपी सम्हालेका छन् भने सम्पादन मित्र डी. गुरुङले गरिरहेका छन्। दसैँ र तिहार लगत्तै फिल्म देशभर प्रदर्शनमा आउने तयारी छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण