आरजु राणाका भाइ भूषण राणाको घरमा सिआईबीको छापा, महत्त्वपूर्ण कागजात नियन्त्रणमा
सारांश
- निवर्तमान परराष्ट्रमन्त्री आरजु राणाका भाइ भूषण राणाको निवासमा प्रहरीले छापा मारेको छ।
- प्रहरीले घरमा नभएका भूषण राणाको निवासबाट केही कागजात नियन्त्रणमा लिएको छ।
- स्रोत नखुलेको रकम र आर्थिक लेनदेनसँग सम्बन्धित कागजातको आशंकामा छापा मारिएको हो।
काठमाडौँ । निवर्तमान परराष्ट्रमन्त्री आरजु राणाका भाइ भूषण राणाको निवासमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले छापा मारेको छ। आइतबार साँझ गरिएको छापामा केही महत्त्वपूर्ण कागजात नियन्त्रणमा लिइएको सिआईबी स्रोतले जनाएको छ।
भूषण राणा नेपाली कांग्रेस सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाका सालो हुन्। करिब एक महिनादेखि युरोपमा रहेका उनी घरमा नभएका कारण प्रहरीको टोलीले निवासमै पुगेर कागजपत्र सङ्कलन गरेको हो।
स्रोतका अनुसार, घरभित्र स्रोत नखुलेको रकम तथा आर्थिक लेनदेनसँग सम्बन्धित कागजात हुनसक्ने आधारमा छापा मारिएको हो।
भूषणमाथि ठुला ठेक्का र नियुक्तिमा डिल गर्ने गरेको भन्ने आलोचना पहिले नै हुँदै आएको थियो। साथै, आरजु राणाको आर्थिक चलखेलमा उनी सहयोगी रहेको आरोपसमेत उठ्ने गरेको छ।
सिआईबीले हाल सङ्कलित कागजातहरूको अध्ययन गरिरहेको छ। एक उच्च अधिकारीका अनुसार, ‘प्रमाण पुष्टि भएमा आवश्यक कानुनी प्रक्रिया अघि बढाइनेछ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण