समाचार
जेनजी आन्दोलनका घाइतेलाई परिचयपत्र वितरण हुने
आइतबार, १२ असोज २०८२, २३ : ४२
सारांश
- नेपाल सरकारले गत भदौ २३ गतेको आन्दोलनका घाइतेहरूलाई परिचयपत्र वितरण गर्ने भएको छ।
- जिल्ला प्रशासन कार्यालय काठमाडौँले घाइतेहरूको विवरण संकलन गरिरहेको छ र परिचयपत्र घरमै पुर्याइने जनाएको छ।
- घाइतेहरूले आफ्नो विवरण सम्पर्क नम्बर ९८५१३३८३२२ मा उपलब्ध गराउनुपर्नेछ।
काठमाडौँ। गत भाद्र २३ गतेको जेनजी आन्दोलनका क्रममा घाइते भएका व्यक्तिलाई नेपाल सरकारले परिचयपत्र वितरण गर्ने भएको छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँका अनुसार गृह मन्त्रालयबाट तयार भएका घाइते परिचयपत्र कार्यालयमा आइसकेका छन्। आइतबार एक सूचना जारी गर्दै आन्दोलनमा घाइते भएका केही व्यक्तिहरूको विवरण आइसकेको र बाँकी विवरण प्राप्त हुने क्रममा रहेको जनाएको छ।
कार्यालयले भनेको छ, ‘काठमाडौँ जिल्लाभित्र रहेका घाइते व्यक्तिहरूको सम्पर्क नम्बर र ठेगाना उपलब्ध गराएपछि घरदैलोमै परिचयपत्र पुर्याइने व्यवस्था मिलाइनेछ।’
यसका लागि सम्पर्क नम्बर ९८५१३३८३२२ मा विवरण उपलब्ध गराउन घाइतेहरूलाई आग्रह गरिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाँके राष्ट्रिय निकुञ्जमा पूर्वसूचना प्रणाली जडान
-
नेपालमा बालयौन दुराचारको अभियोगमा सजाय काटेका कुम्ब्स अमेरिकमा पनि दोषी ठहर
-
नेपालमा जलवायु-स्मार्ट कृषि विस्तारका लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक : मन्त्री चौधरी
-
जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट एक करोड १४ लाख राजस्व सङ्कलन
-
तस्करीको नयाँ शैली : सिरक र ज्याकेटभित्र सिलिकनमा मिसाएर ल्याइएको साढे ४ किलो कोकेन बरामद
-
जलवायु स्मार्ट कृषि विस्तारको लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक : मन्त्री चौधरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण