ढिलोचाँडो मुलुक लोकतन्त्रको जनसार्वभौम बाटोतिर फर्किन्छ : शंकर पोखरेल
सारांश
- एमाले महासचिव शंकर पोखरेलले नेपालको भूराजनीतिक अवस्थाबारे धारणा राखेका छन्।
- उनले देश भूराजनीतिक द्वन्द्वको चपेटामा परेको र राष्ट्रिय शक्ति कमजोर बनाउने खेल भइरहेको बताए।
- पोखरेलले लोकतन्त्रको बाटोबाटै समाधान खोज्नुपर्ने र समाजवाद निर्माणमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।
काठमाडौँ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नेपालको वर्तमान भूराजनीतिक र राजनीतिक अवस्था सम्वन्धमा आफ्नो धारणा व्यक्त गरेका छन् ।
सोमबार फेसबुकमार्फत सार्वजनिक गरेको धारणामा उनले देश भूराजनीतिक द्वन्द्वको चपेटामा परेको जिकिर गरेका छन् । राष्ट्रिय शक्तिलाई कमजोर बनाउने यस्तो खेलबाट आफैँलाई जोगाउन नसकेको उनको भनाइ छ
पोखरेलका अनुसार, केही तत्त्वहरूले वैध सत्तालाई कमजोर पार्ने ‘डिप स्टेट’को प्रयोगशाला बनाएका छन्। उनले भनेका छन्, 'हामीले सबै समस्याको समाधान लोकतान्त्रिक बाटोबाट खोज्न सकिन्छ भन्ने कुरामा नवयुवाहरूको विश्वास जित्न सकेनौँ र उनीहरूको भावना तथा चाहनासँग नेपाली राजनीतिलाई जोड्न सकिएन।'
तर यसको अर्थ नेपाल बहुलवाद, समावेशीता, लोकतान्त्रिक गणतन्त्र, स्वाधिनता र स्वाभिमानको बाटोबाट पछि नधकेलिने उनको भनाइ छ । पोखरेलले ढिलोचाँडो मुलुक लोकतन्त्रको जनसार्वभौम बाटोमा फर्कनेछ भन्ने विश्वास व्यक्त गरे।
एमाले निर्णायक राष्ट्रिय शक्ति निर्माण गर्दै नेपाली विशेषतामा आधारित समाजवाद निर्माणको दिशामा अघि बढ्ने प्रतिबद्धता पनि पोखरेलले दोहोर्याएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण