पुराना पार्टीहरू तीन महिनामा पनि नसुध्रे अस्थिरताका कारक बन्नेछन् : भुसाल
सारांश
- एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले पुराना पार्टीहरू नसुध्रिए नयाँ आन्दोलन आउने बताए।
- उनले पार्टीहरू संस्थागत रूपमा सुधार नभएमा प्रतिगमनकारी बन्ने चेतावनी दिए।
- भुसालले कांग्रेस, एमाले, माओवादी लगायतका दलका नेतृत्वबाट परिवर्तन असम्भव रहेको बताए।
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले अहिलेका पुराना पार्टीहरु दुई-तीन महिनामा पनि नसुध्रिए नयाँ आन्दोलन र नयाँ पार्टी जन्मने बताएका छन् ।
सोमबार राजधानीमा पत्रकार सम्मेलन गरी महासचिव भुसालले यस्तो बताएका हुन् । ‘हाम्रो पार्टी, हाम्रा विचार र सत्ता भयंकर ठुलो संकटमा देखिन्छ’, उनले भने, ‘यदि हामी नसुध्रे नयाँ पार्टी र नयाँ सचेत मानिसहरूले आन्दोलन अलग्गै उपाय खोज्नुपर्ने हुन्छ ।’
नेता भुसाल केही समययता कांग्रेस, एमाले माओवादी लगायतका दलका नेतृत्वबाट परिवर्तन असम्भव रहेको बताउँदै आएका छन् । भुसालले पार्टीहरू संस्थागत रूपमा अबपनि नसुध्रे प्रतिगमनकारी र मुलुकलाई अझ विध्वंस मच्चाउने त्यसको कारक बन्ने बताए । ‘यसबिचमा पनि पार्टीहरू सुध्रिँदैनन् र संस्थागत रूपमा सुधारतर्फ जाँदैनन् भने ती पार्टीहरू प्रतिगमनका, मुलुकलाई विध्वंश गर्ने, सत्यानाश गर्ने र अस्थिरताको कारक बन्ने छन्’, उनले भने, ‘त्यो अवस्थामा इमान्दारहरु त्यसरी कैद भएर बस्न हुँदैन विद्रोह गर्नुपर्छ भन्ने म पनि सङ्कल्प गर्छु । म आफै पनि सडकमा जान पछि पर्दिनँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहकारीको प्रयासले फस्टाउँदै दुग्ध व्यवसाय
-
बाँकेका घरवासमा अतिथिलाई सिद्राको अचार
-
क्रिमियामा युक्रेनले ४ जनाको हत्या गरेको रुसी अधिकारीहरूको आरोप
-
जीवनरक्षक औषधिको अभाव चुलिएपछि मन्त्रालयले विभागसँग माग्यो आयातकर्ताको सूची
-
धेरै महँगो हुने भएकाले नेपालले धेरै फरेन्सिक ल्याब बनाउन सक्दैन : महावीर पुन
-
मृत्यु जितेर फर्किएका दावा शेर्पा, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण