शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

भियतनाममा समुद्री आँधीका कारण कम्तीमा ११ जनाको मृत्यु

सोमबार, १३ असोज २०८२, २२ : २१
सोमबार, १३ असोज २०८२

सारांश

  • बुआलोई समुद्री आँधीले भियतनाममा सयौं घरमा क्षति पुर्‍यायो र ११ जनाको मृत्यु भयो।
  • आइतबार राति पहिरो र मुसलधारे वर्षाका कारण दर्जनौं बेपत्ता र घाइते भए।
  • यसअघि, बुआलोईले फिलिपिन्समा २० जनाको ज्यान लिएको थियो।

हानोई। मध्य र उत्तरी भियतनाममा बुआलोई समुद्री आँधीले वितण्डा मच्चाएको छ। यसका कारण सो क्षेत्रका सयौँ  घरमा क्षति पुगेको वा नष्ट भएको छ। बिजुलीका पोलहरू पनि ढलेका छन् । आइतबार राति समुद्री आँधीका कारण पहिरो गएपछि दर्जनौँ हराइरहेको वा घाइते भएको बताइएको छ ।

बुआलोई टाइफुनका कारण कम्तीमा ११ जनाको मृत्यु भएको भन्दै सरकारी सञ्चार माध्यमले समाचार छापेको छ। आइतबार राति आएको समुद्री आँधीसँगै परेको मुसलधारे वर्षाले सडकहरू डुबाएपछि दर्जनौँ बेपत्ता वा घाइते भएका भएको भनिएको छ । बाढीले सडक, पुल बगाएका छन् भने आँधीले घरका छाना उडाएका छन् ।

बुआलोईले शुक्रबारदेखि फिलिपिन्समा २० भन्दा बढीको ज्यान लिइसकेको छ । शक्तिशाली हावा र वर्षाले यस क्षेत्रमा प्रहार गरेको यो पछिल्लो आँधी हो। गएको हप्ता मात्रै यस वर्षको अहिलेसम्मको सबैभन्दा शक्तिशाली आँधी रागासाले हङकङ र चीनमा वितण्डा मच्चाउनु अघि उत्तरी फिलिपिन्स र ताइवानमा कम्तीमा २८ जनाको ज्यान लिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप