जेनजी आन्दोलन : २ हजार ३ सय १६ जनाले गराए उपचार, उपचारका क्रममा ४९ जनाले गुमाए ज्यान
काठमाडौँ । भदौ २३ र २४ गतेको जेन—जी आन्दोलनका २ हजार ३ सय १६ जना घाइतेले स्वास्थ्य संस्थाहरूबाट उपचार लिएको सरकारले जनाएको छ ।
भ्रष्टाचार, बेथितिविरुद्ध जेनजी पुस्ताले आन्दोलन गरेका थिए । जसमा देशभर विभिन्न स्थानमा झडप, तोडफोड, आगजनी भयो, जहाँ ७६ जनाले ज्यान गुमाएका छन् ।
सुरुवातको समयमा देशभरका ८३ वटा अस्पतालले जेनजी आन्दोलनका घाइतेहरूको उपचार गरेको सरकारी तथ्यांक छ । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले घाइतेहरूमध्ये केहीको भर्ना भएर शल्यक्रिया गर्नुपरेको बताए ।
केही सामान्य उपचार बसेको र केही अहिले पनि भर्नारत रहेको बताए । अहिले पनि देशभरका विभिन्न १० वटा अस्पतालहरूमा जेनजी घाइतेहरू उपचाररत छन् । आन्दोलनमा घाइते भएकाहरूमध्ये अस्पतालमा पुग्दा पुग्दै वा अस्पतालमा नै उपचार हुँदाहुँदै मृत्यु हुनेको संख्या ४९ रहेको उनले जानकारी दिए ।
हाल १० वटा अस्पतालमा ३८ जना घाइतेहरू उपचाररत रहेका पनि उनको भनाइ छ ।
उनका अनुसार आजसम्म १० वटा स्वास्थ्य संस्थाहरूमा अहिले पनि आन्दोलनमा घाइते भएकहरूको उपचार भइरहेको छ । हालसम्म २ हजार ३ सय १६ जना घाइतेहरूले स्वास्थ्य संस्थाहरूबाट उपचार लिएका तथ्यांक छ ।
र २ हजार २ सय २९ जना डिस्चार्ज भएर घर फर्किएका पनि डा. बुढाथोकीले जानकारी दिए । 'एम्बुलेन्समार्फत त्यसबेला अस्पताल पुग्ने घाइतेहरू लगभग ९ सय ४७ जना हुनुहुन्छ,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
-
रामेछापमा राहदानी वितरण सेवा ३ दिनका लागि बन्द
-
चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने
-
सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाएको कांग्रेस संसदीय दलको बैठकमा दुई मन्त्री अनुपस्थित
-
सुन सफा गर्ने बहानामा ठगी गर्ने दुई भारतीय नागरिक उदयपुरबाट पक्राउ
-
के आधारमा पूर्वमन्त्री बस्नेतले भ्रष्टाचार मुद्दामा सफाइ पाए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण