वेस्ट इन्डिजसँग पहिलो खेल नखेलेपछि क्यानको निलम्बनमा परेका थिए सन्दीप
सारांश
- नेपाल क्रिकेट संघले सन्दीप लामिछानेलाई वेस्ट इन्डिजविरुद्धको टी-२० आई शृंखलाका बाँकी दुई खेलका लागि निलम्बन गरेको छ।
- सन्दीपले खेल सुरु हुनुअघि नै म्याच नखेल्ने निर्णय लिएका थिए, जसले टिम र क्रिकेटमा असर गर्यो।
- क्यानले सन्दीपलाई टिम व्यवस्थापनको सिफारिसमा निलम्बन गरेको र आगामी टी-२० विश्वकप एसिया फाइनलको तयारी गरिरहेको जनाएको छ।
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले वेस्ट इन्डिजको राष्ट्रिय क्रिकेट टोलीसँगको टी–२० आई शृंखलाको बाँकी दुई खेलका लागि राष्ट्रिय टोलीका लेगस्पिनर सन्दीप लामिछानेलाई निलम्बन गरेको जानकारी दिएको छ ।
क्यानका सचिव पारस खड्काले मिति असोज १५ गते (आज) जारी गरेको प्रेस विज्ञप्तिमा उक्त ऐतिहासिक शृंखलाको पहिलो खेल सुरु हुनुभन्दा ४५ मिनेटअघि सन्दीप लामिछानेले आफू स्वयंले म्याच नखेल्ने निर्णय गरेको उल्लेख छ ।
विज्ञप्तिमा जनाइअनुसार सन्दीपको उक्त निर्णयले टिम व्यवस्थापन, खेलाडी तथा समग्र नेपाली क्रिकेटमै गम्भीर असर परेको उल्लेख छ । टिम व्यवस्थापनको सिफारिस अनुसार सन्दीपलाई पहिलो खेल लगत्तै बाँकी दुई खेल एवं नेपाल र वेस्ट इन्डिज बीचको टी–२० आई शृंखलाको अवधिका लागि निलम्बन गरिएको क्यानले स्पष्ट पारेको छ ।
नेपाल क्रिकेट संघको आयोजनामा नेपाली राष्ट्रिय क्रिकेट टोली र वेस्ट इन्डिजको राष्ट्रिय क्रिकेट टोलीबीच यो शृंखला सेप्टेम्बर २५ देखि युएईको सारजाह क्रिकेट मैदानमा सञ्चालन भएको थियो ।
क्यानले अब राष्ट्रिय क्रिकेट टोलीको लक्ष्य अक्टोबर ८ देखि १७, २०२५ सम्म ओमानमा सञ्चालन हुने आईसीसी पुरुष टी–२० विश्वकप एसियारईएपी फाइनल आईसीसी मेन्स टी-२० विश्वकप एसिया/ईएपी फाइनल प्रतियोगिता रहेको जनाएको छ ।
१६ सदस्यीय नेपाली राष्ट्रिय क्रिकेट टोली र सम्पूर्ण पदाधिकारीहरू उक्त प्रतियोगितामा सहभागी हुन यूएईबाट ओमान प्रस्थान गरिसकेको व्यहोरा पनि विज्ञप्तिमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माडीगज नियन्त्रणमा
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण