च्याम्पियन्स लिगः बार्सिलोना पीएसजीसँग पराजित, सिटीको बराबरी
काठमाडौँ । आज राति भएको जारी च्याम्पियन्स लिगका दोस्रो चरणका खेलमा बार्सिलोनाले डिफेन्डिङ च्याम्पियन पीएसजीसँग घरेलु मैदानमै हार बेहोरेको छ ।
१९ औं मिनेटमा फरान टोरेसको गोलबाट अग्रता बनाए पनि बार्सिलोनाले पछि दुई गोल बेहोर्यो । पीएसजीका लागि ३८ औं मिनेटमा सेनी मायुलुले बराबरी गोल गरे भने खेलको ९० औं मिनेटमा गोन्कालो रामोसले गोल गर्दै जित दिलाए ।
पहिलो हाफको तुलनामा बार्सिलोनाको प्रदर्शन दोस्रो हाफमा निकै खस्किएको थियो । जितपछि पीएसजी दुई खेलमा जित निकाल्दै ६ अंक जोडेर तालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।
यता गएराति भएका अन्य खेलहरूमा आर्सनलले ओलम्पिकाससँग २-० को जित निकालेको छ भने भिल्लारियल र युभेन्टसले बराबरी खेलेका छन् । त्यस्तै बोरुसिया डर्टमन्डले एथ्लेटिकलाई ४-१ को फराकिलो अन्तरले हराएको छ । त्यसैगरी मोनाको र म्यानचेस्टर सिटीले २-२ को बराबरी खेल्दा नापोलीले भने स्पोर्टिङलाई २-१ लेख हराएको छ ।
त्यस्तै न्यु क्यासल युनाइटेडले भने यूसजीलाई ४-० गोलअन्तरले पाखा लगाएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण