दसैँमा टीका ग्रहण नगर्ने प्रधानमन्त्रीले भेट्दैछिन् आन्दोलनका मृतकका परिवार
सारांश
- प्रधानमन्त्री सुशीला कार्कीले विजयादशमीको दिन जेनजी आन्दोलनमा मृत्यु भएका तीन जनाको परिवारलाई भेट्ने भएकी छन्।
- प्रधानमन्त्रीले बागलुङका सौरन किशोर श्रेष्ठ, कान्छी नगरकोटी र बुद्धिबहादुर तामाङको परिवारलाई भेट्नेछिन् ।
- प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारी अनुसार, कार्कीले यसअघि नै दसैँमा टीका नलगाउने बताइसकेकी छन्।
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले यस वर्षको विजयादशमी टीकाको दिन जेनजी आन्दोलनमा मृत्यु भएका तीन जनाको परिवारलाई भेट्ने भएकी छन् ।
आज प्रधानमन्त्री कार्कीले बागलुङ घर भई काठमाडौँको वनस्थली बस्दै आएका मृतक सौरन किशोर श्रेष्ठको परिवारलाई भेट्नेछिन् । बिहीबार दिउँसो पौने तीन बजेदेखि ३ बजेसम्म उनको परिवारलाई वनस्थली गएरै कार्कीले भेट्ने समय निर्धारण गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
त्यसपछि कार्कीले नागर्जुन ३ मा मृतक कान्छी नगरकोटीको परिवारलाई १५ मिनेट भेट्ने कार्यक्रम तय भएको छ । त्यसपछि भने प्रधानमन्त्री कार्की कीर्तिपुरस्थित मैत्रीनगर जाने र त्यहाँ मृतक बुद्धिबहादुर तामाङको परिवारलाई भेट्ने कार्यक्रम तय भएको उनको सचिवालयले जानकारी दिएको छ ।
प्रधानमन्त्री कार्कीले यसअघि नै जेनजी आन्दोलनमा मृतक भएकाहरूको सम्झनामा दसैँमा टीका नलगाने बताइसकेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण