सहयोग रकमबारे प्रश्न उठाउनेलाई आशिकाको जवाफ
सारांश
- सामाजिक अभियन्ता आशिका तामाङले आर्थिक सहयोगको हिसाब माग्नेहरूलाई कडा जवाफ दिएकी छिन्।
- उनले सहयोग नगर्नेहरूले हिसाब माग्नु अनौठो भएको बताइन्, र सहयोग गर्नेहरूलाई हिसाब दिइसकेको जानकारी दिइन्।
- आफ्नो फेसबुक पोस्टमार्फत तामाङले घाइते र मृतकका परिवारलाई सहयोग गरिरहेको बताउँदै प्रश्न उठाइएकोमा दुःख व्यक्त गरिन्।
काठमाडौँ । सामाजिक अभियन्ता आशिका तामाङले आफूले सङ्कलन गरेको आर्थिक सहयोगको हिसाब माग्ने व्यक्तिहरूलाई कडा जवाफ दिएकी छन्। आफ्नो फेसबुक पोस्टमार्फत उनले आफूलाई सहयोग नगर्नेहरूले नै हिसाब माग्नु ‘छक्क लाग्दो’ भएको भन्दै आक्रोश पोखेकी छन्।
तामाङले सहयोग गर्ने सबै दातालाई व्हाट्सएपमार्फत एक-एक रुपैयाँको हिसाब उपलब्ध गराएको बताएकी छन्। उनले पैसाको हिसाब माग्नेहरूको नियतमाथि प्रश्न उठाउँदै भनेकी छन्, ‘कस्तो सोच हो तपाईँहरूको? म भात खान्छु के, पैसा होइन! मलाई के काम पैसा?’
घाइते र मृतकका परिवारलाई चाहिएको आर्थिक सहयोग जुटाउन आफू लागिपरेको बताउँदै उनले आफूमाथि अनावश्यक औँला उठाइएकोमा दुःख व्यक्त गरेकी छन्। ‘जो घाइते भाइहरू र मृतक परिवारहरूलाई चाहिएको छ आर्थिक सहयोग... उहाँहरू लागि एताबाट हुन्छ कि उताबाट हुन्छ कि खोजेर सहयोग पुर्याइरहेको छु, तैपनि औँला मै माथि किन उठाइरहनु हुन्छ?,’ उनले लेखेकी छन्।
उनले सहयोग गर्न आफूले कसैलाई नरोकेको भन्दै अरूलाई आरोप लगाउनुअघि एक पटक सोच्न आग्रह गरेकी छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण