बदलिएको किनमेल संस्कृति : बजार, सपिङ मल हुँदै अनलाइन अर्डरमा उपभोक्ता
सारांश
- उपभोक्ताहरू अनलाइन सपिङतर्फ आकर्षित हुँदा सपिङ मललाई चुनौती थपिएको छ।
- अनलाइन सपिङले समयको बचत गराउँछ र बार्गेनिङको झन्झटबाट मुक्ति दिन्छ।
- चाडपर्वमा भने धेरै मानिसहरू भौतिक रूपमा उपस्थित भएर किनमेल गर्न रुचाउँछन्।
काठमाडौँ । हामीमध्ये धेरैले अनुभव गरेका छौँ, सपिङका लागि साना सहर र गाउँमा हाटबजार नै पुग्नुपर्थ्यो । ठुला सहरमा मुख्य व्यापारिक केन्द्रमा रहेका पसलहरू चहार्दै छानी-छानी सामान किन्ने प्रचलन व्याप्त थियो । अहिले पनि यो चलन हराइहालेको त छैन । दसैँमा यो कल्चर उस्तै-उस्तै नै देखिन्छ ।
यद्यपि समयसँगै एकै ठाउँमा सबै सामान पाइने मल संस्कृतिको विकास भयो । त्यसपछि सपिङ गर्ने, घुम्न, फिल्म हेर्न मलहरू रोजाइमा पर्न थाले । अहिले सपिङ मललाई चुनौती दिइरहेको अनलाइन सपिङले । फोनमा औँला चलाएको भरमा आफूले रोजेको सामान सोचेकै मूल्यमा पाइन थालेपछि उपभोक्ताहरू यसतर्फ लोभिएका छन् ।
_D711vhIs2W.jpg)
लुगाकपडा होस् वा सौन्दर्य सामग्री, खानेकुरा होस् वा ग्याजेट्स, सबै किसिमका सामग्री अहिले घरमै बसीबसी खरिद गर्न सकिन्छ । अनलाइन बिजनेस प्लेटफर्मदेखि फेसबुक, टिकटक, ह्वाट्स्एप, इन्स्टाग्रामजस्ता सामाजिक सञ्जालमा बिक्रीका लागि राखिएका सामानहरु छ्यापछ्याप्ती पाइन्छन् । अनलाइन प्लेटफर्ममा त वेबसाइटमै गएर सिस्टमबाटै सामान अर्डर गर्न सकिन्छ भने सामाजिक सञ्जालमा राखिने विज्ञापनमा दिइएको नम्बरमा सम्पर्क गरेर मगाउन सकिन्छ ।
अनलाइन सपिङ कल्चरले पसल वा बजार जानु नपर्दा समयको बचत हुने र बार्गेनिङ गरिरहनुपर्ने झन्झटबाट पनि मुक्ति पाइने भएकाले थुप्रैले प्राथमिकता दिन थालेका छन् ।
अनलाइन सपिङ कल्चरको ट्रेन्ड बढेसँगै पसल चलाउनेहरूले पनि अनलाइनमार्फत सामान बिक्री गर्न थालेका छन् । अनलाइन व्यापारले पसलेहरूलाई पनि सहज बनाइदिएको छ । अनलाइनमार्फत सामान पनि बिक्री हुने र विज्ञापन हुने भएपछि पसललाई पनि राम्रै फाइदा पुगिरहेको छ ।
अनलाइन सपिङ कल्चरको ट्रेन्ड तीव्रै बन्दै जाँदा सपिङ मललाई समेत यसले प्रतिस्थापन त गर्ने होइन भन्ने त्रास पनि व्यवसायीमा छ ।
_X2HNsKbZ8E.jpg)
अरुबेला अनलाइनबाट सपिङ गर्ने मानिसहरू दसैँ-तिहारजस्ता ठुला चाडपर्व र शुभकार्यका लागि भौतिक रुपमै पसल-बजारमा उपस्थित हुन चाहने भएकाले सपिङ मलको कल्चर हराउला भन्ने व्यवसायीहरूलाई लाग्दैन ।
राष्ट्रिय व्यवसायी महासङ्घका अध्यक्ष मनोजबाबु श्रेष्ठ भन्छन्, ‘कुनै शुभकार्य वा दसैँ-तिहारजस्ता चाडपर्वमा धेरै सामग्री किन्नुपर्ने हुन्छ । अनलाइनबाट थोरै वस्तु भए अर्डर गर्ने हो । पसलमै गएर धेरै खरिद गरेपछि केही छुटमा पाइन्छ भन्ने पनि हुन्छ । त्यसकारण चाडपर्वमा धेरैजसो मानिस भौतिक रूपमा उपस्थित भएर खरिद गर्छन् ।’
उनका अनुसार चाडपर्व बाहेकका समयमा भने अनलाइनबाट सपिङ गर्नेहरू बढेका छन् । तर केही मानिसहरू अन्य समयमा पनि अनलाइन भन्दा सपिङ मल, पसलहरूमै गएर खरिद गर्न रुचाउने पनि छन् ।
नियमित समयमा न्युरोड, असन, इन्द्रचोकका पसलहरू खालीजस्तै हुन्छन् । तर दसैँको बेला ती क्षेत्रका पसलहरूमा अघिल्ला वर्षमा जस्तै भिड देखिन्छ ।

खाद्यान्न खरिदमा भौतिक उपस्थिति
खुद्रा व्यापार संघका महासचिव आमुलकाजी तुलाधर अनलाइन व्यापारको प्रचलन बढे पनि खाद्यान्नजस्ता अत्यावश्यक वस्तुको खरिदमा भने उपभोक्ताको विश्वास अझै पनि भौतिक उपस्थितिमा आधारित व्यापारमै बढी देखिएको बताउँछन् ।
उनका अनुसार विगतका दसैँको तुलनामा अहिले अनलाइनबाट सपिङ गर्ने क्रम बढेको छ । व्यापारको स्वरूपमा क्रमिक परिवर्तन आउनु स्वाभाविक भएको उनको बुझाइ छ । ‘पहिले एक निश्चित ठाउँमा बजार हुन्थ्यो । सबै त्यहीँ गएर सामान किन्नुपर्ने हुन्थ्यो । तर अहिले टोलटोलमा पसल, डिपार्टमेन्ट स्टोर र मार्टहरू खुलेका छन्,’ तुलाधर भन्छन्, ‘यो पनि परिवर्तनको एक हिस्सा हो । पछिल्लो समय सामाजिक सञ्जालमा फोटो र भिडियो हेरेर खरिद बिक्री हुन थालेको छ ।’
खाद्यान्न र तरकारीलाई भने अनलाइन व्यापारले विस्थापित गर्न नसक्ने उनी बताउँछन् । ‘लुगा बरु सस्तो पाए पनि हुन्छ, महँगो नै किन्नुपर्छ भन्ने हुँदैन । तर खानेकुरा अर्थात् खाद्यान्नको हकमा मान्छेमा राम्रै खानुपर्छ भन्ने भावना रहन्छ,’ उनी भन्छन् ।
_iDhhDb1urU.jpg)
अनलाइन व्यापारमा खाद्यान्नको गुणस्तरलाई लिएर पनि गुनासो देखिने पाइएको उनी बताउँछन् । ‘अनलाइनमा एउटा सामान देखाउँछ, अर्को आइपुग्छ । गुणस्तरको सामान नआउला भन्ने डर रहन्छ,’ उनी भन्छन्, ‘यही कारण मानिसहरूले अनलाइनबाट खाद्यान्नको व्यापारमा त्यति धेरै विश्वास नगरेको हुनसक्छ ।‘
मानिसहरूले आफूले विश्वास गरेको पसलमा फोन गरेर सामान घरसम्म डेलिभरी गराउने वा पसलमा गएर हेरेर घरमा मगाउने गरेका छन् । तर अहिले घरसम्म डेलिभरी सेवा दिन नसक्ने व्यापारिक संस्थाको कारोबारमा भने केही कमी आएको तुलाधर बताउँछन् ।
खाद्यान्न बाहेक फेन्सी सामान, लुगाफाटाजस्ता वस्तुको खरिदमा भने अनलाइन व्यापारले सकारात्मक प्रभाव पारेको तुलाधर बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण