कार्यपालिका निर्वाचनमा पनि पैसाको चलखेलः एक भोटका लागि २५ हजार नगद दिएको खुलासा
गुल्मी– स्थानीय निर्वाचन सकिए लगत्तै हुन गएको गुल्मीको रेसुङ्गा नगरपालिकाको कार्यपालिकाको निर्वाचनमा एमालेका एक स्थानीय नेताले कांग्रेसका एक जना कार्यकर्तालाई एक भोटका लागि २५ हजार रुपैयाँ दिएको नगद र अडियो प्रमाणसहित पर्दाफास गरिएको छ ।
नेपाली कांग्रेस गुल्मीले पत्रकार सम्मेलन गरी एमालेका एक जना जिल्ला सचिवालय सदस्यले कांग्रेसबाट वडा नम्वर ५ मा विजयी वडा सदस्य धनबहादुर नेपालीलाई शुक्रबार विहान तम्घासको एक गोप्य स्थानमा बोलाई २५ हजार हातमा थमाई दिएको अडियो रेकर्ड र नगद सहित सार्वजनिक गरिएको हो ।
उक्त टेलिफोन कुराकानीमा भनिएको छ–‘अहिले २५ हजार लिन आउनुस्, कार्यपालिका जितियो भने एक लाख अरु दिइने छ , पैसाको पिरै नगर्नुस् ।’
कांग्रेस कार्यकर्ता नेपालीले आफू इमान्दार कांग्रेसजन भएकोले एमालेको पैसामा बिक्न नचाहेको तर अरु दलितहरु सचेत होउन् भनेर उक्त रकम लगेर कांग्रेसका जिल्ला सचिव खिलध्वज पन्थीलाई दिएर सार्वाजनिक गरेको बताए ।
‘म जस्तो कांग्रेस अगुवा कार्यकर्तालाई त पैसामा किन्न खोजिन्छ भने अरु सर्वसाधारण गरीव दलितहरु कति बिके होलान् ?’– उनले थप आशंका ब्यक्त गरे । एमालेले जित्नुको पछाडिको रहस्य बल्ल अहिले आएर खुलेको उनले आरोप लगाए । श्रेष्ठले प्रमाणसहित निर्वाचन आयोगमा मुद्दा हाल्ने पनि बताए ।
यसअघि वडा नम्वर १४, साविकको पाराल्मी गाविसमा एमाले कार्यकर्ताहरुले कार्यकर्ताले बाँडेको पैसा वरामद गरी राखेको पनि उनले बताए ।
पैसा दिएको आरोप लागेका ती एमाले नेताले भने आफूले नदिएको तर एमालेलाई बद्नाम गर्ने नियतका साथ फोन कुराकानीको मञ्चन गरिएको दाबी गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोटरसाइकल चेकजाँच गर्दा बरामद भयो स्रोत नखुलेको ५५ लाख रुपैयाँ
-
नेप्सेको पुनर्संरचना र आधुनिकीकरण तत्काल अघि बढाउन सरकारलाई अर्थ समितिको निर्देशन
-
माइतीघरमा टमाटर किसानको आन्दोलनपछि मन्त्री चौधरीको पहल : कालीमाटीबाट ढुवानी सुरु
-
विश्वकपको फाइनल पुगे लगत्तै यमालको बार्सिलोनास्थित घरमा चोरीको प्रयास
-
इङ्ग्ल्यान्ड - अर्जेन्टिना प्रतिष्ठाको महाभिडन्तः कसको जित्ने सम्भावना कति ?
-
मलद्वारमा लुकाएर खैरो हेरोइन भित्र्याउने दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण