भागेका कैदीबन्दीलाई आश्रय नदिन कारागारकाे अनुरोध
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) । भागेका कैदीबैन्दीलाई आश्रय नदिन कारागार कार्यायल नवलपरासीले अनुरोध गरेको छ ।
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलन पश्चात भदौ २५ गते नवलपरासी कारागारबाट ५४६ कैदीबन्दी भागेका थिए । उनीहरूमध्ये केही कैदीबन्दी कारागारामा फिर्ता (हाजिर) भइसकेका छन् ।
भागेका कैदीबन्दीलाई कसैले पनि आफ्नो घरमा लुकाउन छिपाउन तथा आश्रय नदिन भन्दै कसैले आश्रय दिएको वा लुकाए थाह पाएपछि उनीहरूलाईसमेत कसुरदार ठानी कारबाहीको प्रक्रिया अगाडि बढाइने कारागार कार्यालयका जेलर विकल श्रेष्ठले बताए ।
हाजिर नभएका कैदीबन्दीको हकमा कारागार कार्यायलले यही असोज २० गतेसम्म हाजिर हुनलाई अनुरोध गरेको श्रेष्ठले बताए । 'उनले भने, 'असोज २० गतेसम्म हाजिर नहुने कैदीबन्दीलाई कारागार ऐन, २०७९ र प्रचलित कानुन बमोजिम कारबाही हुनेछ ।'
नवलपरासी कारागारबाट भागेका कैदीबन्दीमध्ये पुरुष २१९ र महिला ३२ जना गरी सम्म २५१ जना हाजिर भइसकेको उनले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण