युक्रेनमा भएको रुसी आक्रमणमा १३ हजार सुँगुरको मृत्यु
सारांश
- रुसी ड्रोन आक्रमणले युक्रेनको खेतमा आगलागी हुँदा १३ हजार सुँगुरको मृत्यु भएको छ।
- खार्किव क्षेत्रमा भएको आक्रमणमा एक जना कामदार घाइते भएका छन्।
- आक्रमणले आठ वटा स्टलमा रहेका सुँगुरहरू जलेका छन्।
किएभ । युक्रेनको उत्तरपूर्वमा रहेको एउटा खेतमा भएको रुसी ड्रोन आक्रमणले आगलागी निम्त्याउँदा करिब १३ हजार सुँगुरको मृत्यु भएको आपत्कालीन सेवाले शुक्रबार जनाएको छ ।
साढे तीन वर्षको युद्धमा मानिससँगै जनावरहरूले पनि पीडा भोगेको जनाइएको छ भने अघिल्लो रुसी आक्रमणहरूले अस्तबल र चिडियाखानामा प्रहार गरेको थियो ।
युक्रेनको राज्य आपत्कालीन सेवाले खार्किव क्षेत्रमा नोभोभोडोलाज्का समुदायको कृषि उद्यममा रुसी युएभी को आक्रमणको परिणामस्वरूप सुँगुरहरूको मृत्यु भएको र फार्मका एक जना कामदार घाइते भएको बताएको छ ।
सेवाले सार्वजनिक गरेको तस्बिरहरूमा सुँगुरको शवहरू देखाइएको छ जुन आंशिक रूपमा जलेको थियो, केही टुटेकोअवस्थामा रहेको जनाइएको छ ।
करिब तेह्र हजार वर्ग मिटर मा फैलिएको आठ वटा स्टलमा सुँगुरहरू राखिएकोमा ती सबै आगोमा जलेको आपत्कालीन सेवाले जनाएको छ ।
गत सेप्टेम्बरमा रुसले एउटा घोडसवार क्लबमा प्रहार गर्दा सात वटा घोडाहरू मारिएको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण