मुग्लिन–नारायणगढ सडकखण्डको अवस्था के छ ?
शनिबार, १८ असोज २०८२, ०६ : ५९
सारांश
- देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ, जसले गर्दा सडकखण्डमा पहिरो खसेको छ।
- मुग्लिन-नारायणगढ सडक खण्डमा साना ढुङ्गा खसेका कारण सावधानी अपनाउन आग्रह गरिएको छ।
- सडक डिभिजन भरतपुरले यात्रुहरूलाई सुरक्षित यात्रा गर्न अनुरोध गरेको छ।
काठमाडौँ । देशका विभिन्न स्थानमा वर्षा हुन थालेको छ । यससँगै विभिन्न सडकखण्डमा पहिरो खस्दा यात्रामा अवरोध भइरहेको छ ।
सडक डिभिजन भरतपुरले मुग्लिन–नारायणगढ सडक खण्डमा पनि स साना डुङ्गाहरू खसिरहेकोले सावधानीपूर्वक यात्रा गर्न आग्रह गरेको छ ।
कार्यालयले भनेको छ– 'मुग्लिन-नारायणगढ सडक खण्डमा पानी परिरहेको छ, कुनै कुनै स्थानहरूमा सामान्य ढुंगाहरू झरेका छन्, सवारी आवागमन सञ्चालनमा रहेको छ। पानी परिरहेको र यस खण्डमा पहिरोको जोखिम कायमै रहेकाले कृपया सावधानी पूर्वक सुरक्षित यात्रा गर्नुहुन सम्पूर्ण यात्रु महानुभावहरूलाई हार्दिक अनुरोध गर्दछौँ ।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण