उद्धारका लागि ललितपुरमा २५ जनाको विशेष टिम तयारी अवस्थामा
सारांश
- ललितपुरमा अविरल वर्षापछि नदी किनारका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ।
- मनोहरा, कर्मनाशा, नख्खु खोला र बागमती नदी किनारका बासिन्दालाई अन्यत्र सारिएको हो।
- ललितपुर प्रहरीले २५ जनाको विशेष उद्धार टोली तयार पारेको छ, जसमा नेपाल पर्वतारोहण संघ र अन्य उद्धारकर्मीको सहकार्य छ।
काठमाडौँ । ललितपुरस्थित नदी/खोला किनाराका बासिन्दालाई सुरक्षित ठाउँमा सारिएको छ । शुक्रवार रातिदेखि परेको अविरल वर्षाको कारण पानीको बहाव बढेसँगै किनाराका बासिन्दालाई सुरक्षित ठाउँमा सारिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी होविन्द्र बोगटीले रातोपाटीलाई बताए ।
मनोहरा, कर्मनाशा तथा नख्खु खोला र बागमती नदी किनारका बासिन्दालाई अन्यत्र स्थानान्तरण गरिएको हो ।
लगातार वर्षा भएसँगै सम्भावित जोखिम न्यूनीकरण गर्न ललितपुर प्रहरीले विशेष उद्धार टोली तयार गरेको छ । नेपाल पर्वतारोहण संघ र पर्वतीय उद्धारमा सक्रिय नारा र एनएनएमजीएसँगको सहकार्यमा २५ जनाको विशेष उद्धार टिम तयार गरिएको एसएसपी बोगटीले बताए । उनले भने, ‘विशेष उद्धार टिमलाई तत्काल घटनास्थलमा परिचालन गर्नेगरी जावलाखेलमा तयारी अवस्थामा राखिएको छ ।’
विशेष उद्धार टोली र प्रहरीका उद्धारकर्मीहरूले दुर्घटनास्थलमा संयुक्त रूपमा उद्धार कार्य गर्नेछन् । ललितपुर प्रहरीले विशेष उद्धार सामग्री र एम्बुलेन्स पनि तयारी अवस्थामा राखेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा कचिङ्गल : एमाले अझै केन्द्र कुर्दै, नेकपा र कांग्रेस स्वायत्तताका गफ दिँदै
-
देशलाई पदक जिताउने सपना, बाधक बन्न खोज्छ समाज र राज्य
-
बाढी–पहिरोले अवरुद्ध छन् यी राजमार्ग
-
डा. गोविन्द केसीको स्वास्थ्य कमजोर बन्दै, सरकारले थाल्यो संवादको पहल
-
सिँचाइमा प्रयोग हुने विद्युतको महसुल अनुदानमा रोक, कृषकलाई समस्या
-
‘हली’को ट्रेलरमा देश बनाउने र छाउप्रथाकाे कथा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण