आपूर्ति सहज बनाउन व्यवसायीलाई महासंघको आग्रह
शनिबार, १८ असोज २०८२, १९ : ३९
सारांश
- लगातार वर्षाले जनजीवन र आपूर्ति शृङ्खला प्रभावित बनेको छ।
- महासंघले व्यवसायीहरूलाई उच्च सतर्कता अपनाउन अपिल गरेको छ।
- आपूर्ति निरन्तरता, बजार व्यवस्थापन र जोखिम न्यूनीकरणमा ध्यान दिन आग्रह छ।
काठमाडौँ। दुई दिनदेखिको निरन्तर वर्षाका कारण जनजीवन र आपूर्ति शृङ्खला प्रभावित भएको भन्दै नेपाल उद्योग वाणिज्य महासंघले सदस्य व्यवसायीलाई उच्च सतर्कता अपनाउन अपिल गरेको छ।
जल तथा मौसम विज्ञान विभागले अझै दुई दिन वर्षाको सम्भावना रहेको बताएकाले महासंघले सम्पूर्ण उद्यमी व्यवसायीहरूलाई उच्च सतर्कताका साथ आफ्नो पेसा व्यवसाय गर्न आग्रह गरेको हो।
महासंघले यो विषम घडीमा आपूर्तिमा जटिलता आए पनि यथाशक्य निरन्तर आपूर्ति कायम राख्न, बजारमा अभाव हुन नदिन र अनधिकृत भण्डारण नगर्न/नगराउन अपिल गरेको छ।
साथै, व्यवसायीहरूलाई जोखिम न्यूनीकरण, उद्धार एवं राहत कार्यमा पनि सक्दो योगदान पुर्याउन महासंघले आग्रह गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण