अपडेट
सुनको मूल्य ह्वात्तै बढ्यो, तोलामा २ लाख ३० हजार नाघ्यो
आइतबार, १९ असोज २०८२, १० : ४५
सारांश
- दसैँको बन्दपछि सुनचाँदीको मूल्य आइतबारदेखि फेरि निर्धारण सुरु भएको छ।
- सुनको मूल्य तोलामा ७ हजार ४०० रुपैयाँले बढेर २ लाख ३० हजार ६०० रुपैयाँ पुगेको छ।
- चाँदीको मूल्य पनि बढेर २ हजार ९३० रुपैयाँ पुगेको छ, जुन अहिलेसम्मकै उच्च हो।
काठमाडौँ । दसैँको केही दिन बन्द भएको सुनचाँदीको मूल्य निर्धारण आइतबारदेखि सुचारु भएको छ । असोज १२ गतेपछि पहिलो पटक मूल्य निर्धारण हुँदा सुनको भाउ तोलामा ७ हजार ४०० रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार सुनको मूल्य २ लाख ३० हजार ६०० रुपैयाँ कायम भएको छ । यसअघि असोज १२ मा सुनको मूल्य तोलामा २ लाख २३ हजार २०० रुपैयाँ कायम भएको थियो ।
यसैगरी असोज १२ मा २ हजार ८१० रुपैयाँ कायम भएको चाँदीको मूल्य २ हजार ९३० रुपैयाँ पुगेको छ। आइतबार कायम भएको सुन र चाँदी दुवैको मूल्य हालसम्मकै उच्च हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण