सिरिजको तेस्रो खेलमा नेपाली महिला टोली मलेसियासँग १३ रनले पराजित
सारांश
- तेस्रो टी-२० खेलमा नेपाल मलेसियासँग १३ रनले पराजित भयो।
- नेपालले १२० रनको लक्ष्य पछ्याउँदै ८ विकेट गुमाएर १०७ रन मात्र बनायो।
- रुबि पोद्दारले सर्वाधिक ३१ रन बनाइन् भने मलेसियाका लागि आइना हामिज हासिनले ६१ रन बनाइन्।
काठमाडौँ । अन्तर्राष्ट्रिय टी–२० शृङ्खलाको तेस्रो खेलमा नेपाल मलेसियासँग १३ रनले पराजित भएको छ । यससँगै पाँच खेलको अन्तर्राष्ट्रिय टी–२० शृङ्खलामा मलेसियाले २–१ को अग्रता बनाएको छ ।
१२० रनको लक्ष्य पछ्याएर जवाफी ब्याटिङ गरेको नेपाली महिला टोलीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर मात्र १०७ रन बनाउन सक्यो ।
मलेसियाको बायुमास क्रिकेट मैदानमा नेपालका लागि रुबि पोद्दारले सर्वाधिक ३१ रन बनाइन्, यस क्रममा उनले ३७ बलको सामना गरिन् । कप्तान इन्दु बर्माले नट आउट २२ रन जोड्न सकिन् भने सम्झना खड्का १८ रनमा आउट भइन् । त्यस्तै कविता कुँवरले १५ रन बनाउँदा पूजा महतो केवल २ रनमा क्याच आउट भइन् ।
यसअघि आइना हामिज हासिनको ६१ रन मद्दतमा मलेसियाले मात्र ४ विकेट गुमाएर १२० रनको सामान्य योगफल बनाएको थियो । मास इलिसाले ३० तथा वान जुलियाले १६ बनाएकी थिइन् । नेपालका कविता कुँवर र कविता जोशीले समान २/२ विकेट लिएका थिए । ८ विकेट गुमाएको नेपाली महिला टोलीका ६ जना रन आउट भएका थिए ।
अब नेपालले सिरिजको चौथो खेल मंगलबार साँझ खेल्ने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण