शुक्रबार, ०५ असार २०८३
ताजा लोकप्रिय

इलामबाट गर्भवतीसहित दुई जनाको हेलिकप्टरमार्फत उद्धार

आइतबार, १९ असोज २०८२, १२ : ५५
आइतबार, १९ असोज २०८२

सारांश

  • इलामको माङसेबुङ गाउँपालिका वडा नम्बर १ बाट दुईजनाको सैनिक हेलिकप्टरमार्फत उद्धार गरिएको छ।
  • पहिरोमा फसेकी गर्भवती महिला र एक पुरुषलाई उद्धार गरी धरान पठाइयो।
  • सेनाको २१ नम्बर बाहिनी अड्डा मातहतका युनिटहरू उद्धारमा खटिएका छन्।

काठमाडौँ । इलामको माङसेबुङ गाउँपालिका वडा नम्बर–१ बाट दुईजनालाई सैनिक हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।

माङसेबुङको पातीगाउँमा पहिरोमा फसेकी एक जना गर्भवती र एक पुरुषलाई उद्धार गरेर उपचारको लागि धरान पठाइएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

पहिरोमा परेकाहरूको खोज तथा उद्धारमा माङसेबुङ, इलाम नगरपालिका–६ स्थित गुम्बाडाँडा र मानेभञ्ज्याङ क्षेत्रमा सेनाको २१ नम्बर बाहिनी अड्डा मातहतका युनिटहरू परिचालन गरिएको निर्देशनालयले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप