जोखिम टरिसकेको छैन, सतर्क रहौँ : प्रचण्ड
सारांश
- प्रचण्डले बाढी, डुबान र पहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन्।
- इलाममा पहिरोमा परी १८ जनाको मृत्यु भएको र धेरै बेपत्ता भएकोमा उनले दुःख व्यक्त गरे।
- उनले उद्धार, राहत र पुनर्स्थापना कार्यमा पार्टीका संरचनालाई सक्रिय हुन निर्देशन दिए।
काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले अविरल वर्षाका कारण बाढी, डुबान र पहिरोबाट ठुलो जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत प्रचण्डले इलाममा पहिरोमा परि ज्यान गुमाएका र सयौँ बेपत्ता भएकोमा दुःख व्यक्त गरेका हुन् ।
‘विगत केही दिनयता मौसम प्रणाली पुनः सक्रिय भएपछि देशका पूर्वी तथा मध्य क्षेत्रहरूमा परेको अविरल वर्षाका कारण बाढी, डुबान र पहिरोबाट ठुलो जनधनको क्षति भएकोमा गहिरो दुःख व्यक्त गर्दछु।
इलामका विभिन्न स्थानमा पहिरोमा परी हालसम्म १८ जनाको ज्यान गएको र कैयौँ बेपत्ता भएको अत्यन्त पीडादायी खबरले दुखित बनाएको छ’, उनले भनेका छन् ।
त्यस्तै, रसुवामा पनि केही बेपत्ता हुनुका साथै देशका अन्य क्षेत्रमा धेरै घर, राजमार्ग तथा सडकहरू क्षतिग्रस्त भएका छन्। पशुपंक्षी र अन्नबालीमा ठुलो क्षति पुग्नुका साथै जनजीवनमा गम्भीर असर परेको दुःखद क्षणमा प्राकृतिक विपद्बाट ज्यान गुमाउने सबैप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् ।
अझै पनि जोखिम पूर्ण रूपमा नहटिसकेकाले उनले सबैमा उच्च सतर्कता र सावधानी अपनाउन अनुरोध गरेका छन् । साथै पार्टीका सबै तहका संरचनालाई उद्धार, राहत र पुनर्स्थापना कार्यमा सक्रिय हुन पुनः निर्देशन दिएका छन् ।
‘हाम्रो पार्टीका सबै तहका संरचनालाई उद्धार, राहत र पुनः स्थापनाको कार्यमा तत्काल सक्रिय हुन पुनः निर्देशित गर्दछु। साथै सबै स्तरका पार्टी कार्यालयमा सहायता कक्ष स्थापना गरी उद्धार, राहत र पुनः स्थापना कार्यमा थप सक्रिय हुन आह्वान गर्दछु’, प्रचण्डले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको शव पोस्टमार्टमका लागि पठाइयो शिक्षण अस्पताल
-
एक वर्षमा तीन लाख ८१ हजार जनाले भरतपुर आँखा अस्पतालबाट लिए सेवा
-
नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबिच सहकार्य
-
माडीगज नियन्त्रणमा
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण