अविरल वर्षापछि झ्याप्प–झ्याप्प बिजुली जाने विषयमा के भन्छन् कुलमान ?
सारांश
- ऊर्जा मन्त्री कुलमान घिसिङले खराब मौसमका कारण बिजुली जाने समस्या भएको बताए ।
- पोल ढलेको र तार चुँडिएका कारण समस्या देखिएको र प्राविधिक टोलीले काम गरिरहेको जानकारी दिए ।
- मन्त्री घिसिङले बिजुली उत्पादन बढी र खपत कम रहेको र लोडसेडिङ नहुने दाबी गरे ।
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले खराब मौसमका कारण पछिल्लो दुई दिनदेखि विभिन्न स्थानमा बिजुली जाने समस्या भएको बताएका छन्। आइतबार भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री घिसिङले यस्तो बताएका हुन् ।
किन झ्याप्प–झ्याप्प बिजुली गइरहेको छ भन्ने पत्रकारहरूको प्रश्नमा उनले मौसमका कारण त्यस्तो भएको बताए । मन्त्री घिसिङले भने, ‘कुनै ठाउँमा पोल ढलेको छ, कुनै ठाउँमा तार चुँडिएको छ। जसले गर्दा समस्या देखिएको हो। तर त्यो ठुलो समस्या होइन । अहिले प्राधिकरणको टोलीले निरन्तर रूपमा विद्युत् अवरुद्ध हुन नदिन काम गरिरहेको छ । विद्युत् जाने अवस्था छैन र जाँदैन ।’
मन्त्री घिसिङले अहिले विद्युत् उत्पादन बढी र बिजुलीको खपत पनि कम रहेकाले अपुग नभएको बताए । उनले खराब मौसम र बाढी पहिरोका कारण केही जलविद्युत आयोजनामा समस्या हुँदा प्राविधिक समस्याका कारण बिजुली जाने समस्या देखिएको उल्लेख गरे ।
उनले भने– ‘समस्या देखिएका ठाउँमा समाधानका लागि काम पनि भइरहेको छ । लामो समय उक्त समस्या रहँदैन ।’ अहिले बिजुली जाने समस्या नभएको र लोडसेडिङ नहुने दाबी समेत उनको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेशमा यस्तो बन्यो पुनर्गठित मन्त्रिपरिषद् (सूचीसहित)
-
रुकुम पश्चिममा ब्राउन सुगरसहित दुई जना पक्राउ
-
फेवातालका डुङ्गा चालक र यात्रुको पहिलोपटक बिमा
-
रौतहट दुर्घटना : मृतकको पहिचान खुल्यो
-
१० बजे १० समाचार : १० सचिवको सरुवा, ट्राफिक नियम उल्लङ्घनमा हर्क सम्पाङलाई कारबाही
-
रास्वपा सभापति लामिछानेले भेटे राष्ट्रपति, के भयाे कुराकानी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण