कोशीमा ४३ जनाको मृत्युमा माओवादी नेता जनार्दन शर्माद्वारा दुःख व्यक्त
आइतबार, १९ असोज २०८२, २१ : ५४
सारांश
- माओवादी केन्द्रका नेता जनार्दन शर्माले कोशी प्रदेशमा बाढीपहिरोमा परी ४३ जनाको ज्यान गएको घटनाप्रति दुःख व्यक्त गरे।
- शर्माले मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरे।
- उनले पीडितहरूलाई सहयोग र उद्धारका लागि एकजुट हुन आग्रह गरे।
काठमाडौँ । कोशी प्रदेशमा बाढी र पहिरोका कारण ४३ जनाको ज्यान गएको घटनाप्रति माओवादी केन्द्रका नेता जनार्दन शर्माले गहिरो दुःख प्रकट गरेका छन्।
नेता शर्माले आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । उनले लेखेका छन्, ‘फेरि अर्को विपत कोशी प्रदेशमा बाढी–पहिरोले ४३ जनाको ज्यान गएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु।’
शर्माले यस दुःखद घडीमा शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दै पीडितहरूलाई सहयोग र उद्धारका लागि सबैलाई एकजुट हुन पनि आग्रह गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन र विपद् पूर्वतयारीबारे जानकारी गराउन सभामुखको निर्देशन
-
युक्रेन युद्ध अन्त्यका लागि सहयोग गर्ने ट्रम्पको प्रस्ताव, पुटिनसँग ९० मिनेट वार्ता
-
मेक्सिकोविरुद्धको विजय इंग्ल्यान्डको इतिहासका उत्कृष्ट नतिजामध्ये एक हो त ?
-
कर्णालीका दुर्घटनामा सरकारको उद्धार संयन्त्रमाथि प्रश्न, प्रसाईंले मागे गृहमन्त्रीको जवाफ
-
झोलुङ्गे पुल पर्यटकीय गन्तव्य बन्दै
-
‘सिंहदरबारमा झुक्किएर बत्ती जान्छ, मोरङमा झुक्किएर मात्र आउँछ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण