दुर्गा विसर्जनका क्रममा झडप : ओडिशाको कटकमा कर्फ्यु
सारांश
- ओडिशाको कटकमा दुर्गा पूजाको मूर्ति विसर्जनको क्रममा भएको झडपपछि ३६ घण्टाको कर्फ्यू लगाइएको छ।
- कर्फ्यु ६ अक्टोबरको राति १० बजेदेखि ७ अक्टोबरको बिहान १० बजेसम्म लागू हुनेछ, जसमा आवश्यक सेवाहरू खुला रहनेछन्।
- प्रशासनले हिंसामा संलग्न व्यक्तिहरूको पहिचान गरी कडा कारबाही गर्ने र कटकमा शान्ति कायम गर्न सुरक्षाकर्मी परिचालन गरेको छ।
नयाँ दिल्ली । भारतको ओडिशा राज्यको कटकमा दुर्गा पूजाको पन्डालमा मूर्ति विसर्जनको क्रममा भएको हिंसात्मक झडपपछि प्रशासनले ३६ घण्टाको कर्फ्यु लगाइएको छ । कर्फ्यु ६ अक्टोबरको राति १० बजेदेखि ७ अक्टोबरको बिहान १० बजेसम्म लागू हुने बताइएको छ ।
भारतीय दण्ड संहिताको धारा १६३ अन्तर्गत कर्फ्यु लगाइएको हो । रिपोर्टहरूका अनुसार दुर्गा विसर्जन जुलुसको क्रममा कटकमा दुई समुदायबिच झडप भएपछि कर्फ्यु लगाउनुपर्ने स्थिति उत्पन्न भएको हो ।
यस अवधिमा सबै व्यावसायिक प्रतिष्ठानहरू बन्द रहने बताइएको छ तर अस्पताल, विद्यालय र कलेजहरू खुला रहने अतिरिक्त प्रहरी आयुक्त नरसिंह भोलाले बताएका छन् । औषधि पसल, किराना पसल र पेट्रोल पम्पजस्ता आवश्यक सेवाहरू पनि खुला रहनेछन् ।
हिंसाका लागि जिम्मेवार व्यक्तिहरूको पहिचान भइरहेको र उनीहरूविरुद्ध कडा कारबाही गरिने आयुक्त भोलाले बताए । प्रशासनले परिस्थितिको निगरानी गरिरहेको र आवश्यक परेमा थप कारबाही गर्ने पनि उनले बताएका छन् ।
कर्फ्युबाट प्रभावित मुख्य क्षेत्रहरूमा दुर्गा बजार, मंगलाबाग, पुरीघाट, लाल बाग र जगतपुर समावेश छन् । कटकमा शान्ति कायम गर्न प्रहरीका ६० वटा प्लाटुनहरू तैनाथ गरिएको छ ।
साथै, रणनीतिक स्थान र चौबाटोहरूमा र्यापिड एक्सन फोर्स, बीएसएफ, सीआरपीएफ र ओडिशा स्विफ्ट एक्सन फोर्सका आठ समूहहरूलाई पनि तैनाथ गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
-
गौशालाका सबै विद्यालयमा गर्मी बिदा
-
दिक्तेल–चखेवा भञ्ज्याङ सडक : माम्खामा निर्माणाधीन पर्खाल भासिँदा ६ घर जोखिममा
-
भारतले रवि लामिछानेलाई किन बोलायो ? मोहन विक्रम सिंहले औँल्याए दुई उद्देश्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण