नेपाल एयरलाइन्सको उद्धार उडान: भैरहवाबाट काठमाडौँ जान १५७ जना यात्रु
सारांश
- नेपाल एयरलाइन्सको न्यारो बडी ए ३२० विमान ७६ यात्रु लिएर भैरहवामा अवतरण गर्यो।
- भैरहवा विमानस्थलबाट १५७ यात्रु लिएर विमान काठमाडौँका लागि उडान भर्ने तयारीमा छ।
- बाढीपहिरोका कारण अलपत्र परेका यात्रुको उद्धारका लागि निगमले विशेष उडान गरेको हो।
भैरहवा । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को ‘न्यारो बडी ए ३२०’ विमान आज ७६ जना यात्रुसहित भैरहवामा अवतरण गरेको छ । सोही विमान अहिले काठमाडौँ जान १५७ जना यात्रुले टिकट लिएका छन् ।
भैरहवा विमानस्थलका सूचना अधिकारी विनोद रावतका अनुसार उक्त विमान दिउँसो करिब ४ बजे भैरहवामा अवतरण गरेको हो र अहिले यात्रुहरू लिएर काठमाडौँ उडान तयारीमा छ। प्रारम्भिक तालिका अनुसार विमान दिउँसो २:४५ बजे काठमाडौँबाट उड्ने तय थियो, तर निर्धारित समयभन्दा ढिलो उडेको थियो।
सरकारको पहलमा निगमले भैरहवा आसपास अलपत्र परेका यात्रुहरूलाई उद्धार गर्न यो विशेष उडान गरेको हो। उद्धार उडानको भाडा काठमाडौँबाट रु ५ हजार र भैरहवाबाट रु ७ हजार तोकिएको छ।
नेपाल वायुसेवा निगमले उद्धार उडान देशभरि बाढी र पहिरोका कारण सिर्जित विषम परिस्थितिमा सरकारको निर्देशनअनुसार सञ्चालन गरिएको जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण