मन्त्रिपरिषद् बैठक
सात सहसचिवको सरुवा : गृह, सञ्चार, सामान्य र उद्योग मन्त्रालयमा हेरफेर
सोमबार, २० असोज २०८२, १६ : ३४
सारांश
- सरकारले सात जना सहसचिवको सरुवा गरेको छ।
- मन्त्रिपरिषद्को बैठकले सहसचिवहरूको सरुवा गर्ने निर्णय गरेको हो।
- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार सूचना प्रकाशित गरी निर्णय सार्वजनिक गरेको हो।
काठमाडौँ । सरकारले सात जना सहसचिवको सरुवा गरेको छ । मन्त्रिपरिषद्को बैठकले (राजपत्राङ्कित प्रथम श्रेणी) सहसचिवहरूको सरुवा गर्ने निर्णय गरेको हो ।
असोज १२ गते बसेको मन्त्रिपरिषद् बैठकले उनीहरूको सरुवा गरे पनि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार सूचना प्रकाशित गरी उक्त निर्णय सार्वजनिक गरेको हो ।
मन्त्रालयका अनुसार सङ्घीय मामिलाका सहसचिव रुद्रसिंह तामाङ ऊर्जा जलश्रोत तथा सिँचाइ, ऊर्जा जलश्रोत तथा सिँचाइका शम्भुप्रसाद मरासिनी उद्योग वाणिज्य तथा आपूर्ति, सञ्चार मन्त्रालयका गजेन्द्र ठाकुर अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोगका जीवलाल भुसाल कृषि, सङ्घीय मामिलाका छवीन्द्र पराजुली सञ्चार तथा सूचना प्रविधि, गृह मन्त्रालयका छविलाल रिजाल सङ्घीय मामिला र गृहकै तीर्थराज भट्टराई सङ्घीय मामिलामा सरुवा भएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको शव पोस्टमार्टमका लागि पठाइयो शिक्षण अस्पताल
-
एक वर्षमा तीन लाख ८१ हजार जनाले भरतपुर आँखा अस्पतालबाट लिए सेवा
-
नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबिच सहकार्य
-
माडीगज नियन्त्रणमा
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण