गोसाइँकुण्ड क्षेत्रमा पदयात्रामा गएका १२ जनाको उद्धार
सोमबार, २० असोज २०८२, १७ : ३०
सारांश
- रसुवाको गोसाइँकुण्ड क्षेत्रमा पदयात्रामा गएका १२ जना यात्रीलाई नेपाली सेनाले उद्धार गरेको छ।
- गोसाईंकुण्ड-५ बाट उद्धार गरिएका यात्रीहरूलाई स्याफ्रुबेँसी ल्याइएको छ।
- बेपत्ता भएका अन्य चार जनाको खोजीका लागि ड्रोनसहित सेना, प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ।
काठमाडौँ । रसुवा जिल्लाको गोसाइँकुण्ड क्षेत्रमा पदयात्रामा गएका १२ यात्रीको नेपाली सेनाले उद्धार गरेको छ ।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयकाअनुसार गोसाईंकुण्ड–५ बाट पदयात्रीको उद्धार गरी स्याफ्रुवेशी ल्याइएको छ । उनीहरुको खोजी तथा उद्धारका लागि श्रीनाथ गणबाट टोली परिचालन गरिएको थियो ।
बेपत्ता भएका अन्य चार जनाकोे ड्रोन क्यामेरासहित सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको टोलीले पाँच स्थानमा खोजीकार्य गरिरहेको निर्देशनालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण