मणिपाल अस्पतालमा नर्सकाे आन्दोलन : ७ दिनभित्र तलब बढाउने सहमति
सारांश
- पोखराको मणिपाल शिक्षण अस्पतालका नर्सहरूले तलब वृद्धिलगायतका माग राख्दै आन्दोलन सुरु गरेका थिए।
- अस्पताल प्रशासन र नर्सहरुबीचको वार्तामा ७ दिनभित्र तलब समायोजन गर्ने सहमति भएपछि आन्दोलन स्थगित भयो।
- नर्सहरूले उचित सेवा सुविधाको माग गर्दै एक साताभित्र माग पूरा नभए पुनः आन्दोलन गर्ने चेतावनी दिएका छन्।
पोखरा । पोखराको मणिपाल शिक्षण अस्पतालका नर्सले तलब वृद्धि लगायतका माग राखेर सुरु गरेको आन्दोलन स्थगित भएको छ । आइतबार नर्सहरूले तलब वृद्धिलगायतका माग राखेर अस्पताल परिसरमा धर्ना र नाराबाजी गरेका थिए ।
काममा ‘ओभरलोड’ भएको र काम अनुसारको परिश्रम नपाएको भन्दै आन्दोलित उनीहरू सोमबारबाट पुनः नियमित काममा फर्किएका छन् ।
‘हामी नर्स हौँ, मेसिन होइनौ’ भन्दै उनीहरुले अस्पताल परिसरमै नाराबाजी गरेका थिए । आइतबार राति भएको वार्तामा ७ दिनभित्र तलब समायोजन गर्ने सहमति भएको र सोमबारबाट नियमित काममा फर्किएका अस्पताल प्रशासनका तर्फबाट वार्तामा सहभागी कृष्णमोहन श्रेष्ठले जानकारी दिए ।
‘हिजोदेखि बिदा सकिएर काम सुरु भएको हो । हिजो नै नाराबाजी गर्दै तलब बढाइहाल्नुपर्ने माग राख्नुभयो’ उनले भने– ‘पछि उहाँहरूसँग १ साताभित्र माग पुरा गर्ने सहमति भएको छ ।’
अस्पताल प्रशासनले भने तलब वृद्धिको चरणमै रहेका बेला आन्दोलन गरिएको भन्दै सबै कामहरू चरणबद्ध गरिने दाबी गरेको छ । ‘व्यवस्थापन पक्ष तलब बढाउने पक्षमा नै थियो । तर, गृहकार्य चाहियो नि । हामी गृहकार्य गरिरहेकै थियौँ,’ अघि भने– ‘आन्दोलनपछि उहाँहरूसँग पनि कुराकानी भयो । कसरी बढाउन सकिन्छ भनेर प्रक्रियामा अघि बढेको छ ।’
करिब ३ सय नर्सहरूले उचित सेवा, सुविधा पाउन नसकेको नर्सहरूको गुनासो छ । १ साताभित्र माग पूरा नभए पुनः आन्दोलनमा उत्रिने उनीहरूको चेतावनी छ । मणिपालमा १२ सयभन्दा बढी डाक्टर, नर्स र कर्मचारीहरू कार्यरत छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण