जुम्लामा भालुकाे आतङ्क: दुई दिनमा आक्रमणबाट चार जना घाइते
सारांश
- जुम्लामा भालुको आक्रमणबाट चार जना घाइते भएका छन्।
- घाँस काट्न र च्याउ फार्ममा जाने क्रममा भालुले आक्रमण गरेको हो।
- घाइतेहरुको अस्पतालमा उपचार भइरहेको छ।
सुर्खेत । जुम्लामा आइतबार र सोमबार गरी भालुको आक्रमणबाट चार जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक रबिन बाबु रेग्मीका अनुसार यी घटनाहरु घाँस काट्न र च्याउ फार्ममा जाने क्रममा भएका हुन्।
आइतबार गुठीचौर गाउँपालिका-३ मा भएको भालुको आक्रमणबाट दुई जना घाइते भएका थिए।
घाइते हुनेमा १७ वर्षीय सिर्जना कामी र गाेमति कामी रहेका छन्। उनीहरु घाँस काट्न गएका बेला भालुको आक्रमणमा परेका थिए।
सोमबार पनि दुई छुट्टाछुट्टै स्थानमा भालुले आक्रमण गरेको छ।
गुठीचौर- ५ मा घाँस काट्न जंगलमा गएका ५५ वर्षीय झ्यापु धिताल भालुको आक्रमणबाट घाइते भएका छन्। उनी पनि जंगलमा घाँस काट्न गएका बेला भालुको आक्रमणमा परेका हुन् ।
यस्तै, आजनै तातोपानी गाउँपालिका-४, मा च्याउ फार्ममा जाँदै गर्दा १८ वर्षीय दिपेन्द्र न्यौपाने पनि भालुको आक्रमणमा परी घाइते भएका छन्.
घाइतेहरु अस्पतालमा उपचाररत रहेको प्रहरी नायव उपरीक्षक रेग्मीले जानकारी दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण